Saturday, March 1, 2025
घरसमाचारहिमपातपछि खुम्बुमा प्रहरीको गस्ती

हिमपातपछि खुम्बुमा प्रहरीको गस्ती




सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमपात भएपछि चिसोका कारण हुने समस्या सहयोगका लागि नेपाल प्रहरीले गस्ती शुरु गरेको छ । यस वर्ष हिउँद यामको पुस माघ महिनामा पर्न नसकेको हिउँ जाडो घट्ने बेला मध्य फागुनमा परेको हो । 

उच्च हिमाली भेगमा शुक्रबार रातीदेखि हिमपात भए हो । समुन्द्र सतहबाट करिब तीन हजार ४५० मिटरको उचाइमा रहेको नाम्चे बजार भन्दा माथिको क्षेत्रमा भारी हिमपात भएको छ । यो वर्षकै ठूलो हिमपात भएपछि स्थानीय हर्षित भएका छन् । 

हिउँ परेसँगै नाम्चे बजार र माथिल्लो क्षेत्र पुरै सेताम्मे भएको नाम्चेका स्थानीयले बताएका छन् । नाम्चे बजारमा करिब एक फिट हिउँ जमेको बताइएको छ । हिउँ परेसँगै चिसो अधिक मात्रामा बढेकाले चिसोबाट जोगिन सतर्कता अपनाउन आग्रह गर्दै नेपाल प्रहरीले बिहानैबाट हिमाली गस्ती शुरु गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -