Saturday, March 1, 2025
घरसमाचारबर्षा र हिमपातपछि पहिरो खस्दा नाग्म-गमगडी सडक अवरुद्ध

बर्षा र हिमपातपछि पहिरो खस्दा नाग्म-गमगडी सडक अवरुद्ध

जुम्ला । लगातारको वर्षा र हिमपातपछि नाग्म-गमगडी सडक अवरुद्ध भएको छ । मुगुलाई कर्णाली राजमार्गमा जोड्ने र रारा जाने पर्यटकीय मार्ग हिमपातपछि अवरुद्ध भएको हो ।

लगातारको वर्षा र हिमपातले नाग्म-गमगढी सडक खण्डको भुलभुले क्षेत्रमा पहिरो खस्दा र सात मोड क्षेत्रमा बाक्लो हिउँ जमेपछि सडक अवरुद्ध  भएको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले बताउनुभयो ।

हिमपात र वर्षाले भूलभूले क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । भने सात मोडमा बाक्लो हिउँ जमेपछि सवारी आवागमन रोकिएको छ । उहाँले भन्नुभयो,’हिउँ र पहिरो पन्छाउन मेसिन सहित जनशक्ति खटिएका छन् । अवरुद्ध हटाउने काम जारी छ । वर्षा र हिमपात फेरि भएमा केही असहज हुन सक्छ ।’ ु

हरेक वर्ष हिमपातका बेला नाग्म-गमगडी सडक प्राय अवरुद्ध  भइरहने र त्यसले गर्दा नागरिकले दुख पाउने समस्यालाई मध्यनजर गरि उक्त क्षेत्रमा लेन्थ वर्कर,डोजर लगायतका जनशक्ति तैनाथ राखेको डिभिजन प्रमुख चौधरीको भनाई छ ।

सडक अवरुद्ध भएपछि मुगु बासी र रारा ताल घुम्न गएका पर्यटकलाई केही असहज भएको छ । यद्यपि सडक डिभिजनले अवरुद्ध खुलाउने काम जारी रहेकोले धैर्य गर्न अनुरोध गरेको छ । भने हिमपातको समयमा  सडकको अवस्था बुझेर मात्र यात्रा पनि अपिल गरेको छ  ।

मौसममा सुधार आएपछि रारा तालमा हिउँ खेल्न जाने आन्तरिक पर्यटकको घुइँचो लाग्ने भएकोले चाडै अवरुद्ध खुलाउन जोड दिइएको सडक डिभिजन जुम्लाले जनाएको छ । यता जुम्लाको खाली,चेरे चौर लगायतका स्थानमा हिउँ खेल्न जानेको घुइँचो लाग्ने छ ।

कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी वर्षा र हिमपात भएपछि किसान उत्साहित भएका छन् । लामो समयसम्म वर्षा र हिमपात नहुँदा हिउँदे बाली सुक्ने चिन्तामा रहेका किसान बिहीबार रातदेखि वर्षा र हिमपात भएपछि किसान उत्साहित भएका हुन् ।

साविक कर्णालीका पाँचै जिल्लाका लेकाली क्षेत्रमा बाक्लो हिउँ जमेको छ  । भने बेसी क्षेत्रमा हिउँ परेन् । वर्षा र हिमपात सँगै  भएपछि अपेक्षाकृत हिउँ जम्न सकेन् । यद्यपि लगातार दुई दिन भएको वर्षाले हिउँदे बाली सप्रिने कृषि विज्ञहरू बताउँछन् । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -