Saturday, March 1, 2025
घरसमाचारनेशनल प्याब्सनको आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न

नेशनल प्याब्सनको आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न




बीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को आठौँ राष्ट्रिय महाधिवेशन वीरगञ्जमा सम्पन्न भएको छ ।

महाधिवेशनले अध्यक्षमा गीता राणाको नेतृत्वमा नेशनल प्याब्सनको नयाँ कार्यसमिति निर्विरोध रुपमा चयन गरेको छ । 

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बजेन्द्र मिश्र, महासचिवमा पारस थापा, उपाध्यक्षमा डा.नन्दन यादव, सचिवमा इन्द्रदेव साह लगायत केन्द्रिय समितिको पदाधिकारी तथा सदस्यहरूलाई  गएराति सम्पन्न महाधिवेशनको बन्द सत्रले निर्विरोध रुपमा निर्वाचित गरेको नेशनल प्याब्सनका पर्सा जिल्ला अध्यक्ष रामराजा श्रेष्ठले जानकारी दिनुभयो । 

महाधिवेशनमा देशभरका ३६ जिल्लाबाट १ हजार ५०० निजी विद्यालयका संस्थापक, लगानीकर्ता तथा प्रिन्सिपलहरू सहभागिता रहेको थियो । 

महाधिवेशनको बन्द सत्रले प्रस्तावित शिक्षा विधेयक लगायतका विषयमा छलफल गरी सरकारलाई आवश्यक सुझावहरू प्रस्तुत गर्ने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष गीता राणाले जानकारी दिनुभयो । 

फागुन १५ गते देखि वीरगंजमा जारी महाधिवेशन नयाँ नेतृत्व चयन गरी आज सम्पन्न भएको हो । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -