Saturday, March 1, 2025
घरसमाचारट्रम्पसँगको विवाद : जेलेन्स्की भन्छन्- सम्बन्ध बचाउन सकिन्छ

ट्रम्पसँगको विवाद : जेलेन्स्की भन्छन्- सम्बन्ध बचाउन सकिन्छ

१७ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको वार्ता विवादित बन्यो ।

ह्वाइटहाउसको विवादपछि अमेरिका र युक्रेन सम्बन्ध कसरी अगाडि बढ्ला भन्ने प्रश्न उब्जिएको बेला जेलेन्स्कीले भने ट्रम्पसँगको सम्बन्ध अझै पनि सुधार गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

बैठक छोडेर हिंडेका उनले ट्रम्पसँग जे भयो त्यो ठीक नभएको प्रतिक्रिया दिंदै सम्बन्धलाई भने बचाइराख्न सकिने बताएका हुन् ।

यो वार्ताको मुख्य उद्देश्य अमेरिकीसँग खनिज सम्झौतामा हस्ताक्षर गर्नु थियो । तर, वार्ता एकाएक असामान्य र तनावपूर्ण बन्यो ।

ट्रम्पले चर्को आलोचना गरेर पेलेपछि जेलेन्स्की पनि प्रतिवादमा उत्रिएका थिए । वार्तामा कुनै खनिज सम्झौतामा हस्ताक्षर पनि भएन । जेलेन्स्कीलाई ह्वाइट हाउस छोड्नसमेत भनियो र उनी निस्किए ।

ट्रम्पले वार्तापछि भने–मलाई लाग्दैन कि जेलेन्स्की शान्ति चाहन्छन् । त्यसपछि जेलेन्स्कीले फक्स न्यूजसँग अन्तर्वार्ता दिँदै भने, ‘बैठकको परिणाम ठीक भएन । तर, सम्बन्ध बचाउन सकिने विश्वास छ ।’

यो घटना विश्व राजनीतिमा नयाँ तरंग ल्याउने अवस्थामा पुगेको छ । युक्रेन र अमेरिकाबीचको भविष्यको सम्बन्धलाई लिएर अनिश्चितता फैलिएको छ ।

 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -