Saturday, March 1, 2025
घरसमाचारनयाँपन र सिर्जनाले पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ : काये

नयाँपन र सिर्जनाले पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ : काये

१६ फागुन, काठमाडौं । पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनमा नयाँपन र सिर्जनाले महत्वपूर्ण भूमिका खेल्ने धारणा यस क्षेत्रका जानकारले राखेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना गरेको ‘चेन्जिङ ट्रेन्ड्स : रिथिंकिङ नेपाल्स टुरिज्म’ विषयक कार्यक्रमका वक्ताले पर्यटन क्षेत्रमा सिर्जनात्मकता र नयाँपन जोड्न सके यो क्षेत्र फस्टाउने धारणा राखेका हुन् ।

कार्यक्रममा हङकङ पोलिटेक्निकल विश्वविद्यालयका प्राध्यापक काये चोन प्रमुख वक्ता थिए । उनले विश्वमा पर्यटन शैली बढ्न थालेको सन् १९५० देखि आगामी सन् २०३० सम्मको अवस्थामा केन्द्रित भएर आफ्नो प्रस्तुति चित्रण गरे ।

विश्व पर्यटनको रूपान्तरण केन्द्र युरोपबाट भएको स्मरण गर्दै उनले संसारभरि पर्यटन शैलीको सुरुवात अन्तरदेशीय ट्राभलबाट हुन थालेको उल्लेख गरे ।

पर्यटन विकासको सुरुवात विश्वमा एसिया प्यासिफिकको पर्यटन शैलीमा भएको तीव्र विकास भएको तथ्यांकले देखाएको उनको प्रस्तुतीकरणले उल्लेख गरेको छ ।

पर्यटनको महत्वपूर्ण अंग मानिने होटलको विकासमा एसिया प्यासिफकको हिस्सा सबैभन्दा बढी देखिएको छ । यो क्षेत्रमा ४८ प्रतिशत होटल निर्माण भएको देखिन्छ ।

पर्यटकीय सेवाका लागि स्थापना भएका यस्ता होटलको विकासमा अमेरिका एक्लैले विश्वको १६ प्रतिशत हिस्सा ओगटेको पनि कायेले प्रस्तुत गरेको प्रस्तुतीकरणको तथ्यांकमा उल्लेख छ ।

पर्यटन विकासमा एसिया क्षेत्रले महत्वपूर्ण योगदान गरेको पनि उनको भनाइ छ । विश्व पर्यटन विकासमा होटलसँगै उत्कृष्ट विमानस्थलमध्येका अधिकांश एसियामै रहेको छन् । पर्यटनमा एसिया क्षेत्रको उत्कृष्ट योगदान रहेको तथ्य उल्लेख गर्दै उनले एसियाको हस्पिटालिटी विश्वकै ‘बेस्ट एन्ड युनिक’ भएको पनि तर्क गरे ।

पर्यटन विकासको क्रममा ‘एसियननेस’ पर्यटनको विकास विश्वमै फरक देखिएको उल्लेख गर्दै उनले नयाँ सिर्जना गर्न सकिएको अवस्थामा पर्यटन क्षेत्रलाई थप आकर्षक बनाउन सकिने बताए ।

अहिलेसम्म निलो समुद्र नै धेरै चल्ने पर्यटकीय गन्तव्यका रूपमा विश्वभरि परिचित छ । यसलाई नयाँपन र सिर्जना दिन सकिए मात्रै पर्यटकीय गन्तव्यले विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने चोनले उल्लेख गरे ।

उनले २०२४ को एक सर्वेक्षणले १ सय जनामध्ये ५९ प्रतिशतले काम छाड्ने र ४१ प्रतिशत जनशक्ति मात्रै होटल तथा आतिथ्य क्षेत्रमा क्रियाशील हुने गरेको तथ्य प्रस्तुत गरे ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन क्षेत्रमा चोनको अनुभव उल्लेख्य भएको बताए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -