Saturday, March 1, 2025
घरसमाचारएक्सन फिल्म ‘आउट ल’को ट्रेलर : ‘एन्टीहिरो’ भूमिकामा जबर्जस्त सुशिल

एक्सन फिल्म ‘आउट ल’को ट्रेलर : ‘एन्टीहिरो’ भूमिकामा जबर्जस्त सुशिल

काठमाडौं । सुशिल श्रेष्ठको प्रतीक्षित फिल्म ‘आउट ल : दफा २१९’को ट्रेलर सार्वजनिक भएको छ । एक्सन प्रधान ट्रेलरले फिल्मप्रति दर्शकीय कौतुहलता र उत्सुकतालाई बढाउने देखिन्छ ।

५ वर्षपछि अभिनेता श्रेष्ठको पुनरागमन फिल्म भएकाले पनि दर्शकमाझ ब्यापक पर्खाइ छ । सुशिल पछिल्लोपटक ‘लभ डायरिज’मा देखिएका थिए । ‘होस्टेल रिटर्न्स’ डेब्यु एक्टरले करिअरमा ५ फिल्ममा अभिनय गरेका छन् ।

उनको आगामी फिल्म ‘आउट ल’ २९ फागुनदेखि प्रदर्शन तयारीमा छ । विक्की महर्जनको लेखन तथा निर्देशनमा बनेको फिल्को ट्रेलरमा सुशिलको धमाकेदार एक्सन देख्न सकिन्छ । चरित्र चित्रणका लागि उनले गरेको मिहेनत देखिन्छ । ट्रेलरले कथावस्तुबारे पनि प्रकाश पारेको छ ।

जेलबाट भागेको पृथ्वीजंग नामक कैदीलाई खोज्न प्रहरीले चालेको अप्रेसनको कथा यसमा छ । तपाईंले हलिउडमा ‘म्याट्रिक्स’ सिरिज हेर्नुभएको छ भने पक्कै पनि ‘आउट ल’ रुचाउने पक्का छ । मेकिङ शैलीको हिसाबले यसलाई नेपालको ‘म्याट्रिक्स’ फिल्म भन्न सकिन्छ ।

ट्रेलर हेर्दा यसको मेकिङ, कथावस्तु, एक्सन गज्जब देखिएको छ । समावेश केही संवाद दर्शकको नजरमा पर्न सक्छन् । ‘यहाँ व्वाँसोहरू झुण्डमा हिँडेर आफूलाई बाघ ठान्छन् । तर, बाघलाई के थाहा, बाघ एक्लै आउँछ र एक्लै शिकार गर्छ’- यो बाहेक अन्य केही संवाद पनि दर्शकको नजरमा पर्न सक्छन् ।

नेपालमा यो वर्ष एक्सन कथाका फिल्मलाई रुचाइएको छ । यसैले, फरक शैलीको एक्सन र न्यायको कथामा बनेको यो फिल्मले पनि दर्शकको साथ पाउने विश्वास गर्न सकिन्छ ।

फिल्ममा अमित अग्रहरि र नीशा गुइडेको लगानी छ । विक्की महर्जन र विनोद कठायतको पटकथा, नविन गुरुङको छायांकन छ । विकास चौधरी सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्माता विनोद कठायत हुन् । साहिल खानको सम्पादन रहेको फिल्ममा चुल्ठे काजीको एक्सन कोरियोग्राफी छ ।

सुशिलसहित शिक्षा संग्रौला, नरेश पौड्याल, सुमन भण्डारी, हेम महर्जन, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, मारिया कार्की र अयान परियारको अभिनय छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -