२०८३ जेष्ठ ७ गते, बिहीबार १९:१७

सनवर देवान अवैध हतियार सहित पक्राउ ।

बारा , ११ पौष।

जिल्ला बारा परवानीपुर गा.पा.वडा नं.४ चैनपुर टोल बस्ने साबिर देवानको छोरा अं.वर्ष २४ को सनवर देवानले अवैध नलकटुवा बन्दुक बोकी हिडेको भन्ने प्राप्त सूचनाको आधारमा मिति २०७८/०९/११ गते बिहान अं.०५:०० बजे इलाका प्रहरी कार्यालय परवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले निज सनवर देवानलाई ऐ.ऐ. स्थित लक्ष्मी नारायण दुर्गा मन्दिर परिसरभित्र फेला पारी नियन्त्रणमा लिई शरीर खानतलासी गर्ने क्रममा निजले कम्मरको भागमा लुकाई छिपाई राखेको अवस्थामा अबैध कटुवा बन्दुक थान-१ र पाइन्टको खल्तीमा ८ पिस लागू औषध नाइट्राभेट ट्याबलेट फेला परेको हुँदा निजलाई पक्राउ गरी हातहतियार तथा लागू औषध मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ को म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM