विराटनगर । अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउने उद्देश्यले विराटनगरमा प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी आयोजना गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा भएको एक दिने गोष्ठीमा कोशी प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुख, प्रहरी अनुसन्धान अधिकृत, मुद्दा शाखाका प्रमुख तथा सरकारी वकिल कार्यालयका प्रतिनिधि हरुको सहभागिता रहेको छ । गोष्ठीमा अपराध अनुसन्धानका विषयलाई थप प्रभावकारी एवं समय सापेक्ष बनाउने विषयमा छलफल भएको थियो ।
गोष्ठीको उद्घाटन गर्नुहुँदै कोशी प्रदेशका आन्तरिक मामिलातथा कानुन मन्त्री रेवतीरमण भण्डारीले, सीमित साधन श्रोतका बाबजुद पनि अपराध अनुसन्धानमा नेपाल प्रहरीले खेलेको भूमिका सराहनीय रहको चर्चा गर्नुभयो । अपराध अनुसन्धान आफैमा ठुलो र महत्त्वपूर्ण बिदा भएकाले यो बिदा फेल हुँदा राज्य प्रणाली नै फेल हुने भएकाले यसको अपराध अनुसन्धान ठिक तवरले हुनु आवश्यक रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा मोरङ जिल्ला अदालतका न्यायधिश सीता सर्मा अधिकारीले सत्य तथ्य रुपमा अनुसन्धान भएमा मात्र न्याय सम्पादन तटस्थ हुने बताउनुभयो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन गोष्ठीको आयोजना गरिएको प्रष्ट पार्नुभयो ।