वीरगंज।
श्री मनोकामना मनी चेन्जरको नाममा अवैध कारोबार गर्दै आएका स्व. शम्भु साह सोनारको छोरा गोपाल साह सोनार द्वैध नागरिक भएको पोल खुलेको छ ।
भारतीय अवैध रुपैयाँको कारोबार गरेको अभियोगमा राजश्व अनुसन्धान र पर्सा जिल्ला अदालतमा नेपाली नागरिक भएको आधारमा तारेखमा रहेका गोपाललाई पक्राउ गरेर दोहोरो नागरिकता लिएको अभियोगमा कारवाही चलाउनु पर्ने माग उठ्न थालेको छ ।
अवैध हुण्डी र सुन चाँदीको कारोबार गरि अकूत सम्पत्ति कमाएको गोपाल साह सोनारमाथि सम्पत्ति शुद्धिकरण आयोगमा मुद्दा हाल्ने राष्ट्रभक्त नागरिकहरूले तयारी थालेका छन् ।