Thursday, November 28, 2024
घरसमाचारराजनीतिलिङ्देनको जवाफ: राजवादी पार्टीमा राजाको नचले ओलीको चल्छ त ?

लिङ्देनको जवाफ: राजवादी पार्टीमा राजाको नचले ओलीको चल्छ त ?

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादी पार्टीमा राजाको हस्तक्षेप हुनु सकारात्मक भन्दै निवर्तमान अध्यक्ष कमल थापालाई जवाफ दिनु भएको छ ।

आइतवार बिहान चुनावको मत परिणाम आएसँगै थापाले सामाजिक सञ्जालमार्फत पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको भन्दै टिप्पणी गर्नु भएको थियो । उहाँले  सिङ्गो देश गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार पाएको पनि गुनासो गर्नु भएको  थियो ।

यसको जवाफ सामाजिक सञ्जालबाटै दिँदै थापालाई नवनिर्वाचित अध्यक्ष लिङ्देनले लेख्नु भएको छ : ‘राजावादी पार्टीमा राजाको सकारात्मक हस्तक्षेप नभएर खड्ग ओलीको हस्तक्षेप मान्य हुन्छ त कमल थापा जी ?’
चुनावमा थापा लिङ्देनसँग दुई सय मतले पराजित हुनु भएको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -