३ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लेस्टर सिटीमाथि २-० को जित हासिल गरेको छ । शनिबार साँझ भएको खेलमा आर्सनलले लेस्टरलाई उसैको मैदानमा हराएको हो ।
आर्सनलले दुवै गोल मिकेल मेरिनोले खेलको अन्त्यतिर गरेका थिए । ८१औं मिनेटमा पहिलो गोल गरेका उनले ८७औं मिनेटमा अर्को गोल गर्दै आर्सनललाई ३ अंक दिलाए ।
जितपछि दोस्रो स्थानमा उक्लिएको आर्सनलको २५ खेलमा ५३ अंक भएको छ भने पराजित लेस्टर १७ अंकसहित १९औं स्थानमा छ ।
















