Wednesday, November 27, 2024
घरसमाचारराजनीतिलोसपाको वीरगंज महानगर कार्य समिति विस्तार

लोसपाको वीरगंज महानगर कार्य समिति विस्तार

चन्द्रसूर्य प्रतिनिधि/
वीरगंज, ११ मंसिर/
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल वीरगंज महानगर कार्य समिति बिस्तार गरिएको छ ।
लोकप्रिय र क्रियाशील युवा नेता ओम प्रकाश सर्राफको अध्यक्षतामा ६३ सदस्यीय कार्य समिति विस्तार गरिएको पार्टीले जनाएको छ ।

आगामी तिनै तहको निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा ल्याउने संकल्पका साथ जुझारू, संघर्षशील, सर्वप्रिय नेताहरु मध्येबाट ६३ जनाको कार्यसमिति विस्तार गरिएको हो ।

नव गठित महानगर कार्यसमितिले चार जनालाई उपाध्यक्षको जिम्मेवारी दिएको छ । उमा हरेन्द्र पटेल, वेदामी साह कलवार, दीपक साह कानु र शेख फिरोजले उपाध्यक्षको जिम्मेवारी पाएका हुन् ।

त्यस्तै विकास चौधरी र संजय पटेललाई सचिवको जिम्मेवारी दिएको छ भने शिवानी श्रीवास्तव र बरकत रायले सहसचिवको जिम्मेवारी पाएका छन् ।

जयप्रकाश शाह अग्रवाललाई कोषाध्यक्ष र रेखा सर्राफलाई सह कोषाध्यक्षको जिम्मेवारी दिइएको सो समितिमा अन्य ५२ जनालाई कार्य समिति सदस्यको जिम्मेवारी दिइएको छ ।
वीरगंज महानगर कार्यसमितिका अध्यक्ष ओम प्रकाश सर्राफले आगामी निर्वाचनमा प्रमुख पार्टीको रुपमा स्थापित गर्न अभियान संचालन गर्ने बताउनु भयो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -