२०८२ असार २० गते, शुक्रबार १२:४५

लभ जिहाद अभियानमा लागेका अंसारी पक्राउ

चन्द्रसूर्य समाचारदाता।
वीरगंज, १२ कत्तिक ।
लभ जिहाद अन्तर्गत आफ्नो बास्तविक परिचय लुकाई पटक-पटक जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ३८ वर्षीय जाहिर अंसारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं. २१ बस्ने वर्ष ३८ को जाहिर अन्सारीले बारा घर भई उच्च शिक्षाको लागि वीरगंजमा डेरा लिई बस्दै आएकी १९ वर्षीया युवतीलाई विकास यादव भनी परिचय ढाँटी आफू अविवाहित रहेको भनी झुक्याई प्रेम सम्बन्ध गाँसी विवाह गर्ने प्रलोभन समेत देखाई २ वर्षदेखि वीरगंज नगरका विभिन्न स्थानमा पटकपटक करणी गरेका थिए ।

सो क्रममा निजले आफ्नो मोबाइलले अश्लील फोटो र भिडियो खिचेको, यस क्रममा निजले गत असोज २७ गते राती १० बजे पीडित एक्लै भएको मौका छोपी पीडितको डेराकोठामा गई अश्लील फोटो र भिडियो सार्वजनिक गरी भाइरल गरिदिने भनी डरत्रास देखाई अनुचित दबाबमा पारी जबरजस्ती करणी गरेको भन्ने समेत व्यहोराको पीडितले कत्तिक ११ गते प्रहरी समक्ष जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सोही दिन करीब ५ बजे बीरगञ्ज महानगरपालिका वडा नं.०८ स्थित भारतीय कन्सुलर कार्यालय अगाडिबाट निज जाहिर अन्सारीलाई नियन्त्रणमा लिई जबरजस्ती करणी सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ७ म्याद थप गरी अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

गैर हिन्दू युवाहरु यत्तिखेर विभिन्न शक्ति र सत्ताको आडमा हिन्दू समुदायका चेलिबेटीलाई हिन्दू परिचय दिएर प्रेम जालमा फ़साउने र अनैतिक क्रियाकलाप गर्ने गिरोह प्रदेश २ लगायत नेपाल भरी सक्रिय रहेको देखिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM