२०८३ असार १३ गते, शनिबार १३:१६

‘राष्ट्रिय एकतालाई मजबुद बनाउन राष्ट्रिय सेवा दल तालिम सहयोगी सिद्ध’




काठमाडौँ । रक्षामन्त्री मानवीर राईले मुलुकको भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई जगेर्ना गरी राष्ट्रिय एकतालाई थप मजबुत र बलियो बनाउन राष्ट्रिय सेवा दल तालिम सहयोगी सिद्ध हुने बताउनुभएको छ ।

महोत्तरीको बर्दिबासस्थित मध्यपूर्वी तालिम शिक्षालयमा सञ्चालित सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै उहाँले भविष्यमा आउन सक्ने विपद्लगायत चुनौतीको सहज रूपले सामना गर्न आ–आफ्ना तर्फबाट भूमिका खेल्न आग्रह गर्नुभयो ।

तालिममार्फत युवालाई अनुशासित, नेतृत्ववान्, बफादार र राष्ट्रप्रति समर्पित देशभक्त नागरिक उत्पादन गर्नु सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै मन्त्री राईले तालिमका क्रममा हासिल सैद्धान्तिक तथा व्यावहारिक ज्ञानबाट आर्जित नेतृत्व तथा व्यक्तित्व विकासले सामाजिक उत्तरदायित्व वहन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM