२०८२ बैशाख ५ गते, शुक्रबार ००:५९

-सोमविक्रम सिंह

संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको निती तथा कार्यक्रम प्रस्तुत भयो । राष्ट्रिय भुअखण्डता , राष्ट्र र राष्ट्रियता तथा राष्ट्रिय एकताको जड राजसंस्थालाई बाहिर राखि राष्ट्रिय अखण्डता बिरूद्व कुनै पनि अभिब्यक्ति दण्डनिय हुनेछ भन्ने मान्यता राख्नु भनेको नमच्चिने पिङ्गको सय झड्का भने झैँ लाग्दछ । यो बुँदा नीति तथा कार्यक्रमको अति नै संबेदनसिल बुँदा मध्येको हो , हुन त भर्खरै सरकारको दुई नम्बर प्रदेशको मुख्यमन्त्रीको अमेरिका भ्रमण रोक्किनु बिखण्डनकारिलाई प्रोत्साहित हुने कार्यक्रममा जान रोक लगाउनु हो भन्ने खबर व्यापक भएको छ , जुन अति नै सह्रानिय छ । यसमा ध्यान दिन अत्यावश्यक छ , यदि त्यो भ्रमण बिखण्डनकारिको सम्मेलन हो भने निज मुख्यमन्त्री र त्यहाँ समावेस हुने अन्य देशद्रोहीहरूको र त्यो कार्यक्रमलाई प्रोत्साहन गर्ने संस्थाको सम्पुर्ण जानकारी राख्न अत्याबश्यक छ । यदि यो सहि ठहरिएमा त्यो सम्पुर्ण राष्ट्रघातीलाई कालकोठरीमा सडाउन पर्दछ र त्यस किसीमको संस्थालाई कुटनितीक च्यानलद्वारा सचेत गराउने अधम्य साहस देखाउन अत्यन्त जरुरी छ ।

हुन त अहिले सम्म हुत्तिहाराको र कुर्सिको लागि मरिहत्ते गर्ने लोभीपापी नेताको संज्ञा पाएकाबाट अधम्य साहसको खोइ कसरी अास होला र ? बिकास र परराष्ट्र लगायत अन्य नितिमा सुझाब दिने थिङ्क ट्याङ्क गठन गरिने भन्दा पनि पानी ट्याङ्किमा पैसा लुकाउनेको झुण्डको कुरै यस्तै हो भने झैँ लाग्छ । राष्ट्र , राष्ट्रियता , भुअखण्डता , स्वाधिनता र स्वाभिमानी नेपालीको अस्तित्व सुरक्षार्थ र रक्षार्थको लागि समर्पित हुँदो हो त राजाको पालामा गठन भएका सिनास जस्तो थिङ्क ट्याङ्क बि.सं. २०४७ पछि बिदेशीको निर्देशनमा सो संस्था चुट्किको भरमा निमीट्यान्न पारिन्न थियो होला । अाशा गरौँ नेताहरूको घैंटोमा घाम लागेछ र बल्ल बुद्वि पलाएछ । पृथ्वीनारायण शाहको विशाल ढुँगाको बिचमा तरूलको संज्ञा पाएको अति नै संबेदनशिल नेपालको भुराजनिती र छिमेकि राजनितीलाई बुझि तथा संबेदनशिल घडिलाई मध्ये नजर गरि एक चीन नितीलाई गहिरिएर परराष्ट्र नितीलाई लागू गर्न छोडि जता जता हावा अाए उतैउतै ढल्किने खल्ति भित्र भारू छिरे डिल्ली जान पल्किने र अाफै सिल्ली हुने अख्तियार अबलम्वन गर्दैन थिए होला । बरू भौगोलिक , अर्थतन्त्र , सांस्कृतिक , जनसंख्या , बिकास , सैनिक र अन्यको हिसाबले बिशाल राष्ट्र बिचको सानो तथा स्वतन्त्र राष्ट्र नेपालले त दुबै देश बिच शान्तिको पुलको भुमिका खेल्ने नीति अख्तियार गर्नु पर्ने हो । ढिलै भए पनि थिङ्क ट्याङकको अवधारणा ल्याएकोमा सरकारको बुद्वि पलाएको देखिन्छ । तर थिङ्क थ्याङक एउटा शत्रु बिरूद्वको लागि मजबुत , सुरक्षित , अाक्रमक हुनको साटो बिदेशीको दलाली गर्दै पैसा लुकाउने पानी ट्याङ्की नबनोस् , शुभेच्छा यहि छ ।

समृद्धि नेपाल सुखि नेपालको दिर्घकालिन अभिलाषा राख्दै , देश शान्ति , बिकास र समृद्धमा केन्द्रीकृत हुने अबको योजनाले देशको कायापलट हुने खाका तयार पार्दै अागे देशमा फेरि कौडिको दाममा बेचिएको तथा राजाले बनाईदिएका भन्दै प्रतिसोध साँध्दै छाला जुत्ताको र पार्टी कार्यकर्ता भर्ना गरि ध्वस्त बनाईएका कपडा , सिमेन्ट तथा धागो कारखाना उत्पादन गर्ने उध्योगको दिवा सपना देख्नु पनि उत्तम नै हो । राजाको पालामा देशको अाफ्नै सामर्थ्य नभए सम्म गोप्य राखिएको अति समवेदनशील तथा उपयोगि र खतरायुक्त खानि तथा खनिजको भण्डारलाई नपाउनेले के पायो बोक्रै सुद्व चपायो भने झैँ खानिको सुचना तथा बिबरण देश बिदेशमा चुहाएर बिदेशीको अाँखा त्यही गाढ्ने परिस्थिति उब्जाउने हरिलट्ठक नेताबाट खानीको उत्पादन र सदुपयोगक‍ो निती बन्छ भन्दा झिनो अाशा त गर्नै सकिन्छ । सर्बप्रथम दिनहुँ समाचार बन्ने खानिको दुरूपयोग र चोरीपैठारी रोक्न प्रयास र ध्यान दिए हुन्छ ।
नदिनाला जति भारतलाई सुम्पेर , अाफैले बिरोध गरेर सहयोग रकम रोक्न मुख्य भुमिका खेलेको अरूण जस्तो सस्तो परियोजना भारतलाई कौडीमा हस्तान्तरण गर्ने अनि देशमा पन्ध्र हजार मेघावटको सपना देख्नु भनेको दिनमा नै मीठो सपना देख्नु हो । बिदेशीको कठपुतली बन्दै दलाल गर्दै मिसावटको दुनिया बनाउनेले अर्ग्यानिक नेपालको सपना बुन्नु पनि राम्रै हो । रासायनिक मल हटाई प्राङ्गारिक मल जल प्रयोग गर्दै देशलाई अर्ग्यानिक बनाउने नीति ल्याउनु भन्दा पहिले गौ रक्षामा ध्यान दिनु अत्याबश्यक छ । कम्युनिष्टले गौरक्षालाई बेदबाट हेर्दा धर्म भ्रष्ट हुन्छ भने बिज्ञान सम्मत हेर्दा तिम्रो अर्गानिक नेपालको सपना साकार होला ।

कार्टेलिङ्क र सिन्डिकेट हट्नु र स्वस्थ्य प्रतिस्पर्धालाई ग्राह्यता दिनु भनेको अत्यन्त सुखदायी नीति हो । अाखिरकार अाफैले रोपेको बृष वृक्ष काटेर फाल्नु हो । अाफुलाई चुनाव खर्च जुटाईदिए बापत अाफ्ना मान्छेलाई पुरस्कार स्वरूप ल्याईदिएको र राजाको नीति ढाल्ने भन्दै सम्पूर्ण साझाको अवधारणालाई निमीट्यान्न पार्न ल्याएको नीति अाखिरकार तिमीहरूलाई अभिषाप भयो र अन्तत यसको बिरूद्व तिमीहरू अाफै उभिन बाध्य भयौ । जनस्वास्थ्य , बस्तु र सेवाको अायात नगरिने नीति पनि मनन योग्य नै छ । हुन त स्वास्थ्य सेवामा कार्यकर्ता भर्ति केन्द्र बनाएर ध्वस्त बनाएका थियौ , अाखिरकार अाफैलाई सम्हाल्न गाह्राे भयो । जडिबुटिको पहिचान , संरक्षण र बजार बिस्तार पनि तिमीहरूको गिद्वे अाँखाले तहसनहस बनाएका थियौ , ढिलै भए पनि महत्व बुझ्यौ । अब घरेलु अौषधी , जडिबुटीको पनि प्याटेन्ट दर्ता गर्न जरुरी छ । बैध्यको अौषधी , अायुर्वेदिक लाई अौषधी लेख्न नपाउने फर्मास्युटिकलको सिन्डिकेट हट्न अत्यन्त जरुरी छ । त्यही जडिबुटीबाट बन्ने येल्लोप्याथिकले अौषधी लेख्न पाउने तर ठिक बिपरित अायुर्वेदिकले अौषधी लेख्न नपाउने त्यति न्याय संगत देखिन्न । लगानी भित्र्याउने सन्दर्भमा सर्वप्रथम नेपाली दाजुभाई तथा डायस्पराका नेपालीले नै प्राथमिकता पाउनु पर्छ । भ्रष्टाचार गरेको र अनियमितता गरेको रकम सबै राष्ट्रियकरण हुन जरुरी छ र त्यो लगानी लगाई देशमा रोजगारको ढोका खोली हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनी स्वदेश फर्काउनु पर्दछ ।

अन्तमा देशको अभिभावक , राष्ट्र , राष्ट्रियता तथा राष्ट्रिय एकताको प्रतिक राजसंस्थालाई बम हान्न सिकाउने , गाली गर्न सिकाउने , राष्ट्रध्यक्षलाई अामा चकारि गाली गर्न सिकाउने र पाठशालाको पाठ्यक्रमबाटै नैतिक शिक्षा हटाउनेले अाज अाएर नैतिकताको खडेरि देखेछ । त्यहि पनि प्रशंसनीय कार्य नै हो । अब पाठशालामा उच्च नैतिक , राष्ट्र र राष्ट्रियता बलियो हुने शिक्षा प्रणाली लागू गर्नु पर्ने अबस्था बल्ल देखेछ । राजा अारामसँग अाफ्नै देशमा भ्रमण गर्दै जनता भेट्ने र मठ मन्दिर दर्शन गर्ने तरिका तिमी गणतन्त्रेलाई ठिक लाग्दैन र रिस पोख्ने गर्छौ । नैतिकताको खडेरी देख्ने माधव नेपालले राजाको जनतासँगको घुलमिललाई पचाउन सकेनन् र जेल हाल्ने धम्कि दिए । जसले अाफ्नै प्रभाबशाली नेता मदन भण्डारीक‍ो हत्यारालाई पत्ता लगाई जेल हाल्न सकेनन् त्यसले गाई जस्तो सोझो राजालाई जेल हाल्ने धम्कि दिए , जुन अपाच्य लाग्छ । राजा पनि के कम झन् जनता भेट्ने र मन्दिर जाने काम तिब्र गरिदिए , ति गणतन्त्रका मतियारको अोठ तालु सुक्ने गरि । झन फेरि राजा ठाउँ ठाउँमा मन्दिर पुजा गर्दै हिंडे केपिको दिमाग धुजा धुजा हुने गरि । गणतन्त्रका नेता जस्तै राष्ट्रिय ढुकुटी रित्तिने गरि राजालाई विभिन्न ठाउँमा जान पर्दैन । विभिन्न ठाउँको जनताहरूको राजा हाम्रो गाउँघरमा अाफ्नो पवित्र पैर राखिदेउ भन्दै बिन्ति पत्र दिन्छन् जुन निर्मल निवासमा चाँगका चाँग हुने गर्छ । बिचरा जनता मरि मरि कमाएको पैसा राजाको सवारी चलाउन खर्च गर्छन् । राजाको दर्शन गर्न अाफ्नो समय ब्यतित भएको र पैसा खर्च भएको केही चिन्ता छैन बरू राजा र राजसंस्थाको परिवारको अाफ्नो गाउँघरमा अाएर अाफ्नो ठाउँ पवित्र भएकोमा खुसि जनाउँछन् । राजा र जनताको घनिष्ठता कतिपय सामाजिक सञ्जालमा पोष्टिएको सेल्फिबाट पनि झल्किन्छ । नेताको कार्यक्रम जस्तो मासु चिउरा दिंदै जनता बटुल्न पर्दैन , जनता अझै पनि राजा हिँडेको पाईलाको धुलोको टीका लगाउन उद्वत हुन्छन् । अचम्म लाग्छ कति न केपिले भनेको जस्तो बिष्णु भगवानलाई झैँ गर्छन् , छक्क पर्दा हुन् केपि बा नि । त्यही अाफुलाई प्रभावशाली ठान्ने नेता चाहि जनताले गाला चड्काईदिन्छन् कि भनी वरिवरि छपक्कै सुरक्षाले छोपिएर हिंड्छन् । तसर्थ ए गणतन्त्रे हो पहिला अाफै नैतिकताको पाठ सिक्ने कि ? तत्पश्चात राख पाठशालाको पाठ्यक्रममा नैतिक शिक्षा । सुतेको बाघलाई जिस्काई नराख , जाग्ने बित्तिकै तिम्रा अन्त्य निश्चित छ ।

प्रतिक्रिया लेख्नुहोस्