चन्द्रसूर्य प्रतिनिधि ।
वीरगंज, ०८ असोज ।
भारत बिहार सितामढी जिल्ला सुरसण्ड विधानसभा क्षेत्रबाट आएका अजित लाठ एवं उनकी श्रीमती रश्मी लाठ दुबैजना नेपाल र भारत दुबै देशको दोहोरो नागरिक भएको पोल खुलेको छ ।
यी दम्पत्तिले सात दलले २०६३ सालमा ल्याएको नागरिकता विधेयकको फाइदा लिंदै पैसाको बलमा नेपाली नागरिकता खरीद गरि नेपाल र भारत दुबै देशको सरकारको आँखामा छारो हाल्ने काम गर्दै आएका छन् ।

नेपाल भित्र अनैतिक तरिकाले जोडेको सम्पत्ति र पैसा भारतमा व्यवस्थापन गर्ने उद्देश्यले यिनीहरू दोहोरो नागरिक भइ बसेको बताईन्छ ।

निर्वाचन आयोग नेपालको मतदाता परिचय पत्र अनुसार वीरगंज महानगरपालिका वडा नं. ६ र भारत विहारको निर्वाचन आयोगको मतदाता नामावलीमा समेत उनीहरुको नाम दर्ज रहेको प्रमाण फेला परेको छ ।
















