२०८३ जेष्ठ १७ गते, आईतवार १०:३३

रिपोर्टर राइनोज बन्यो एनएसजेएफ कप फुटसल च्याम्पियन

१० माघ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक वर्ष हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको चौथो संस्करणमा रिपोर्टर राइनोज च्याम्पियन भएको छ ।

नखिपोटस्थिट फुटसल भिलेजमा बिहीबार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० ले पराजित गर्दै उपाधि जितेको हो । सबै गोल टिमका मार्की अभिनव जोशी एक्लैले गरे ।

चार टिम सम्मिलित एनएसजेएफ कपमा रिपोर्टर, हेडलाइन र बाइलाइन ब्यान्डिजले समान २ खेल जितेका थिए । बाइलाइनलाई गोलअन्तरमा उछिन्दै सुवास हुमागाईं मार्की रहेको हेडलाइनले फाइनल पक्का गरेको थियो ।

रिपोर्टरले लिग चरणमा पनि हेडलाइनलाई ५–२ ले हराएको थियो । अन्तिम लिग खेलमा बाइलाइनसँग हारे पनि रिपोर्टर फाइनल पुगेको हो । फिचर फ्यान्टमसले तीनै खेलमा पराजय भोगेको थियो ।

अभिनव कुल ११ गोल गर्दै उत्कृष्ट खेलाडी बने । इमर्जिङ प्लेयरमा शिशिर बस्नेत र उत्कृष्ट गोलरक्षकमा हेडलाइनका सुजल थापा चुनिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM