चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ७ भदौ/ तस्करलाई स्याउ तस्करीमा सहयोग गराएको अभियोगमा दोषी देखिएका सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भिस्वा बञ्जारी पर्साका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक संजिव बनिया बाहिनी तानिएका छन् ।
बीओपी प्रमुख भइ जिम्मेदारी सम्हालेर कार्यकाल सकिएर नियमित सरुवाको पर्खाइमा रहेका सशस्त्र प्रहरी निरीक्षक बानियाले नेपालबाट भारत तर्फ अवैध रुपमा स्याउ निकासी गर्न तस्करहरूलाई सघाएको गुनासाहरू सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयसम्म पुगेपछि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले आन्तरिक छानबिन गरेपछि तस्करी कार्यमा प्रनि बानियाको शंकास्पद संलग्नता देखिपछि थप छानबिन र कारवाहीको लागि प्रहरी प्रधान कार्यालयको आदेशमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ बाहिनी, बर्डीबास तानिएको प्रहरी श्रोतबाट जानकारी हुन आएको छ ।
सशस्त्र प्रहरी निरीक्षक बानियाले आफ्नो कार्यवधिमा सो क्षेत्रबाट रांगा भैंसी नेपाल भित्र्याउने तस्करहरुसँग मासिक नजराना लिने गरेका थिए, त्यस्तै उनले स्थानीय कबाड़ीका कारोबारीहरू, दाल, मरीच र मटर तस्करहरु, मोटर पार्ट्सका कारोबारीहरूसँग सेटिंग मिलाएर तस्करी कार्यमा सहयोग गरि नेपाल सरकारको राजस्व चुहावटमा उल्लेखनीय भूमिका निर्वाह गरि पदीय दायित्वको दुरुपयोग गर्दै आएको खबरहरू प्रकाशन/प्रशारण हुँदै आएको थियो ।
संगठनको आचरण विपरीत सशस्त्र प्रहरी निरीक्षक बानियाले काम गर्दै गएपछि प्रहरी प्रधान कार्यालयले उनिमाथि सूक्ष्म निगरानीका साथ छानबीन थालेको र दोषी देखिएपछि कारवाही स्वरुप प्रदेश-२ बाहिनी तानिएको प्राप्त समाचारमा जनाइएको छ ।