Monday, January 20, 2025
घरसमाचारअमेरिकी राष्ट्रपति ट्रम्पले आजदेखि कार्यभार सम्हाल्दै

अमेरिकी राष्ट्रपति ट्रम्पले आजदेखि कार्यभार सम्हाल्दै




अमेरिका, । विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकाको ४७ औँ राष्ट्रपतिमा डोनाल्ड जे. ट्रम्प नियुक्त हुनुभएको छ । राष्ट्रपतिको शपथ ग्रहणसँगै ट्रम्पले सोमवार अपराह्नदेखि राष्ट्रपतिको पदभार ग्रहण गर्नुभएको हो । गत नोभेम्बर ६ मा राष्ट्रपतिमा निर्वाचित ट्रम्पले करिब साढे दुई महिनापछि सोमवार पदभार ग्रहण गर्नुभएको हो । यो क्षणलाई ट्रम्पले ‘अमेरिकाको मुक्तिको दिन’ भन्नुभएको छ ।

७८ वर्षीय ट्रम्पको यो दोस्रो कार्यकाल हो । यस अघि उहाँ अमेरिकाको ४५ औँ राष्ट्रपति हुनुहुन्थ्यो । सत्ता च्युत भएको ठिक आठ वर्षपछि ट्रम्पको पुनरागमनलाई विश्वभरबाट बडो कौतुहलताका साथ हेरिएको छ भने अमेरिकामा वर्षौँदेखि गैर कानुनी तवरले लुकिछिपी रहेका आप्रवासीहरूको भने सातो गएको छ ।

ट्रम्पले राष्ट्रपतिको पदभार सम्हाले सँगसँगै अमेरिकाका वर्तमान राष्ट्रपति जो वाइडेन ह्वाइट हाउसबाट बिदाइ भएर जानुहुनेछ । बाहिरिनु भएको छ । वाइडेन र ट्रम्पबिच शान्तिपूर्ण तवरले सत्ता हस्तान्तरण प्रक्रिया सम्पन्न भएको छ ।

शपथ ग्रहण समारोहका कार्यक्रमहरू शनिवारदेखि नै सुरु भएको थियो र मङ्गलवार सम्पन्न हुनेछ । त्यसपछि राष्ट्रपति ट्रम्पले राष्ट्रपति कार्यकक्षमा राष्ट्रपतिको हैसियतले केही महत्त्वपूर्ण नियुक्ति, सीमा र अध्यागमनलाई सम्बोधन गर्न केही कार्यकारी आदेश र केही महत्त्वपूर्ण कागजातमा हस्ताक्षर हुने जनाइएको छ ।

ट्रम्पले सोही दिन करिब सय वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नुहुनेछ । पहिलो दिन ट्रम्पले जनवरी ६, २०२१ मा क्यापिटल हिलमा आक्रमण गर्ने सबै मानिसलाई आममाफी दिने बताइएको छ । त्यसै गरी पहिलो दिन नै उहाँले अवैधानिक तवरले अमेरिकामा बसोबास गर्दै आएका विशाल जनसमूहलाई देश निकाला गर्न सक्ने आदेश दिनुहुने पनि बताइएको छ । त्यस्तै दक्षिणी सीमामा पर्खालको निर्माण, खनिज पदार्थको उत्खनन, क्यानडा र मेक्सिकोबाट अमेरिका भित्रिने सामानमा २५ प्रतिशत कर र चिनिया सामानमा ३५ प्रतिशतसम्म कर लगाउने निर्णय पनि गर्नुहुने बताइएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -