२०८३ जेष्ठ ७ गते, बिहीबार २१:११

उपभोक्ता हित विपरित कार्य गर्ने व्यवसायिक फ़र्ममाथि कारवाही

चन्द्रसूर्य प्रतिनिधि ।

वीरगंज, २२ श्रावण ।

बारामा बिक्री गर्न राखिएको म्याद नाघेका फेन्टा, क्यान बियर, डिउ, स्प्राइटलगायत पेय पदार्थ नष्ट गरिएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका निमित्त प्रमुख जितबहादुर भण्डारीको नेतृत्वमा इलाका प्रशासन कार्यालय सिमरा, प्रहरी, सिमरा नगर उद्योग वाणिज्य संघ सिमराको टोलीले शुक्रबार गरेको बजार अनुगमनका क्रममा देवदास फेन्सी स्टोर्सले बिक्रीका लागि राखेको म्याद नाघिएका २२ हजार ६ सय ७० रुपैयाँ बराबरको पेय पदार्थ नष्ट गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका सूचना अधिकारी दिलीप खंग खत्वेले जानकारी दिए।

उक्त पसलेलाई खरिद बिल नदेखाएकाले १० हजार जरिवाना पनि गरिएको उनले बताए। खरिद बिल नदेखाउने जितपुर सिमरा उपमहानगरपालिका–३ स्थित विकास जेनरल स्टोर्सलाई २० हजार जरिवानासहित ३ हजार ८ सय ५५ रुपैयाँको म्याद नाघेका पेय पदार्थसमेत नष्ट गरिएको खत्वेले बताए।

खरिद बिल नदेखाउने आरएन इन्टरप्राइजेजलाई २० हजार, भाइ किराना स्टोर्सलाई १० हजार र निरीक्षण कार्यमा सहयोग नगरेकाले ओम शिवशक्ति जेनरल स्टोरलाई २० हजार जरिवाना गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM