२०८३ जेष्ठ ७ गते, बिहीबार ११:५७

मित्रता दिवसमा शुभकामना आदान-प्रदान

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, १८ श्रावण ।
मित्रता दिवसको अवसर पारेर वीरगंज माइस्थान स्थित पार्कमा एक कार्यक्रमबीच शुभकामना आदान प्रदान गरिएको छ ।

हिन्दुवादी अभियन्ता संजय सर्राफको सहजीकरणमा भएको कार्यक्रमा वीरगंज महानगरपालिकाकी उप प्रमुख सुश्री शान्ति कार्की, अधिवक्ता अनिरुद्ध प्रसाद सिंह, हिन्दुवादी अगुवा युवा नेता एवं समाजसेवी उमेश साह कानु, युगल किशोर ठाकुर, सचितानन्द दुवे, केदार साह तेली, धर्मेन्द्र पटेल लगायतको उपस्थिति रहेको थियो ।

उक्त शुभकामना आदान प्रदान कार्यक्रमका वक्ताहरुले मित्रको कर्तव्य, दायित्व र मानव जीवनमा मित्रको महत्व बारे चर्चा गरेका थिए ।

मित्रता दिवस केहि वर्ष यता अगस्ट १ देखि ४ तारेख सम्म मनाइँदै आएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM