२०८३ असार १९ गते, शुक्रबार ०९:०३

जीवन विकासको अध्यक्ष बने सुवेदी

२९ पुस, विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्षमा बिक्रमराज सुवेदी चयन भएका छन् । आइतबार संस्थापक समूहबाट सञ्चालकमा निर्वाचित भएका थिए ।

आइतबार नै बसेको सञ्चालक समिति बैठकले उनलाई दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो ।

आइतबार भएको छैटौं साधारणसभाबाट सस्थापक समूहतर्फ सुवेदीसँगै प्रकाशकुमार श्रेष्ठ, श्यामचन्द्र खतिवडा र इन्द्रनारायण देव वैश्य सञ्चालकमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।

आइतबार नै बसेको सञ्चालक समितिको बैठकबाट सुवेदी पुन अध्यक्ष चयन भएको लघुवित्तले जानकारी दिएको छ ।

केन्द्रीय कार्यालय कटहरीमा भएको छैंटौं साधारणसभामा संस्थापक समूहबाट चार सञ्चालक सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको थियो । निर्वाचित सञ्चालक समितिको पदावधी चार वर्षको हुनेछ ।

आइतबारको साधारणसभाले १४ प्रतिशत बोनस सेयर पारित गरेको थियो । वोनस वितरण पछि जीवन विकासको चुक्तापूजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँ पुगेको छ ।

१६० वटा शाखा मार्फत ३१ जिल्लामा वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले १० अर्ब ५३ करोड ३० लाख निक्षेप संकलन गरेको छ । २७ अर्ब २१ करोड ४४ लाख ५० हजार रुपैयाँ रुपैयाँ लगानी गरेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

जनकपुरको आध्यात्मिक विरासत जोगाउन अष्टावक्र गीताको प्रवर्द्धन आवश्यक : स्वामी आनन्द अरुण

काठमाडौं। साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको ‘अष्टावक्र महागीतामृत’ कृतिको काठमाडौंस्थित

जनकपुरको आध्यात्मिक विरासत जोगाउन अष्टावक्र गीताको प्रवर्द्धन आवश्यक : स्वामी आनन्द अरुण

काठमाडौं। साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको ‘अष्टावक्र महागीतामृत’ कृतिको काठमाडौंस्थित

Live

Listen Live FM