२०८३ असार १९ गते, शुक्रबार ०९:०३

धनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना




जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा हुलाक कार्यालय स्थापना गरिएको छ । एक पालिका, एक हुलाकको अवधारणाअन्तर्गत धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा  कार्यालय स्थापना भएको हो । 

लक्ष्मीनियाँ–७ स्थित बजारमा आज हुलाक कार्यालयको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले हुलाक कार्यालयको स्थापनाले गाउँपालिकाका जनताले सरल, सहज तथा सुलभ तरिकाले सेवा पाउने विचार व्यक्त गर्नुभयो । सरकारी सेवा गाउँ गाउँसम्म पुर्‍याउन सरकारले गरेको उक्त प्रयासको प्रशंसा गर्दै उहाँले हुलाकको आवश्यकता र महत्व अझै रहेको बताउनुभयो । 

हुलाक निर्देशनालय जनकपुरधामका निमित्त हुलाक निर्देशक लाल झाले हुलाक सेवाको ऐतिहासिक महत्व तथा ग्रामीण क्षेत्रमा यसको पहुँचका फाइदाबारे चर्चा गर्नुभयो । उहाँले कार्यालयबाट स्थानीय तहमा सरकारी तथा व्यक्तिगत पत्राचार तथा अन्य सन्देश सेवा सहजरुपमा सञ्चालन हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

हुलाक कार्यालय सञ्चालन भएपछि पत्राचार, पार्सल सेवा, सरकारी सूचना आदानप्रदानका सुविधा प्रदानलगायत अन्य सुविधा प्रदानमा सहज हुने अपेक्षा गरिएको छ । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

जनकपुरको आध्यात्मिक विरासत जोगाउन अष्टावक्र गीताको प्रवर्द्धन आवश्यक : स्वामी आनन्द अरुण

काठमाडौं। साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको ‘अष्टावक्र महागीतामृत’ कृतिको काठमाडौंस्थित

जनकपुरको आध्यात्मिक विरासत जोगाउन अष्टावक्र गीताको प्रवर्द्धन आवश्यक : स्वामी आनन्द अरुण

काठमाडौं। साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जन गरिएको ‘अष्टावक्र महागीतामृत’ कृतिको काठमाडौंस्थित

Live

Listen Live FM