चन्द्रसूर्य समाचारदाता/
बारा, ०९ श्रावण । सशस्त्र प्रहरीले बाराबाट भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको समाचार जानकारीमा आएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण हे.क्वा बारा का गणपति सशस्त्र प्रहरी उपरीक्षक रबिन राज कर्णजीतका अनुसार शनिवार बाराको विश्रामपुर गाउँपालिका वडा नं.-१ कल्याणपुर सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बरैनिया मातहत रहेको एफओबी छतवाबाट खटिएका प्रहरी वरिष्ठ हवल्दार अवय पासवानको कमाण्डको टेलीले साँझ ४ बजे चेकजाँच गर्ने क्रममा भारतीय नागरिक जिल्ला मोतिहारी पुर्वी चम्पारण, आदापुर भवानीपुर ग्राम पंचायत १० बस्ने वर्ष १८ का सन्तोष कुमार रजकलाई BR05Y2752 नम्बरको मो.सा.को प्रयोग गरी साथमा डाईजोपाम -2 ml 890 पिस, नर्फिन -2 ml 901 पिस, फेनरागन -2 ml 925 पिस समेत बरामद गरी नियन्त्रमा लिइएको छ ।
पक्राउ परेका भारतीय नागरिक रजकलाई थप कारवाहीकोलागि लागु औषध एवं मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक कर्णजीतले बताउनु भयो ।