२०८३ बैशाख २१ गते, सोमबार १७:०२

करीब साढे एक क्विंटल गाँजा बरामद

वीरगंज/एक क्विन्टल ४२ किलो गाँजासहित भारतीय मोटरसाइकल बाराबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिम्रौनगढ नगरपालिका वडा नं.७ खजानीस्थित प्रहरी गस्ती टोलीले गाँजासहित मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

बिआर २२ ए क्यु २९७६ नम्बरको भारतीय मोटरसाइकललाई पछ्याउँदै जाँदा चालक मोटरसाइकल छाडेर फरार भएका थिए ।

सो मोटरसाइकलमा लोड गरिएको अवस्थामा एक क्विन्टल ४२ किलो गाँजा बरामद गरिएको बाराका प्रहरी प्रबक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

गाँजासहित मोटरसाइकलको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM