२०८३ असार २७ गते, शनिबार १८:१३

सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरू निर्माण गर्न ढिला भयो : सभामुख घिमिरेले 




पोखरा । सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरू निर्माण गर्न ढिला भएको बताउनु भएको छ । पोखरामा आज (मङ्गलवार) देखि सुरु भएको अन्तर व्यवस्थापिका सम्मेलनमा सम्बोधन गर्दै सभामुख घिमिरेले सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरू निर्माण गर्न ढिला भएको बताउनु भएको हो । 

आगामी अधिवेशनमा ती विधेयक पारित गर्न संसदले सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उहाँले आधारभूत रुपमा सङ्घीयताको पक्षमा भएका र संविधान निर्माणमा योगदान गरेका दलहरू नेतृत्वमा रहेकाले संविधान अनुकूल निर्माण गर्नुपर्ने कानून बन्नेमा विश्वास व्यक्त गर्नु भयो । 

सभामुख घिमिरेले सङ्घीयतालाई बलियो बनाउने कानून निर्माण गर्न संसद्को प्रयत्न र प्रयास पर्याप्त रहे पनि परिणाम आउन नसकेको उल्लेख गर्नुभयो । प्रमुख राजनीतिक शक्तिहरूले जिम्मेवारी बोध गरेर अगाडि बढ्नुपर्ने बताउँदै सभामुख घिमिरेले नागरिकको विकास आकाङ्क्षा पूरा गर्ने तिर केन्द्रित हुन सांसदहरूलाई अपिल समेत गर्नु भयो । संसारमा संसद् प्रभावकारी भएमात्रै सरकारले सेवा प्रवाहमा सुधार गर्ने उदाहरण पेश गर्दै सभामुख घिमिरेले लामो राजनीतिक आन्दोलनले धेरै व्यवस्थाहरू परिवर्तन भए पनि अब निर्माणका लागि सबै शक्ति एक हुनु पर्ने समय आएको जनाउनु भयो । 

संघीय संसद् र प्रदेश सभालाई प्रभावकारी बनाउन अन्तर व्यवस्थापिका सम्मेलन सफल हुने विश्वास व्यक्त गर्दै सभामुख घिमिरेले संविधान संशोधनको बहसका बीच भएको संघीय संसद् र प्रदेश सभा सहितको सम्मेलन अर्थपूर्ण रहेको तर्क गर्नु भयो । 

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रदेश सरकारले दिने डेलिभरीमा भएका समस्याबारे गम्भीर समीक्षा गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो “ प्रदेश सरकारले चाहेर पनि कतिपय कानूनको अभावले संघ र प्रदेशबीच खाडल र अन्तर्विरोध देखिएको छ । ”

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जति संसद् सक्रिय हुन्छ, त्यति नै सरकार जबाफदेही हुने दाबी गर्नु भयो । संविधान अनुकूल कानून निर्माणको काम ढिला भएको त्यसका लागि संसदले समेत प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उहाँले जनाउनु भयो ।   संसद्लाई बिजनेस दिन संघीय संसद् र स्वयं माननीयजीहरूले पनि कानून बनाउन बाध्य पार्न सक्ने मुख्यमन्त्री पाण्डेले तर्क गर्नुभयो । गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले सङ्घीयतालाई बलियो बनाउन तथा संविधान अनुकूलका कानून बनाउन सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नु भयो ।  

नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलका नेता खगराज अधिकारीले छोटो समयमा सङ्घीयताको संरचना बनाए पनि पर्याप्त कानून नबनाउँदा केही कठिनाइ भएको बताउनु भयो । सङ्घीयतालाई बलियो बनाउन प्रदेशलाई चाहिने कानून संघीय सरकारले छिटो बनाउनु पर्नेमा उनले जोड दिए । तीन दिने चल्ने सम्मेलनमा संघीय संसद् तथा ७ वटै प्रदेश सभाका सभामुख, उपसभामुख सहितका पदाधिकारी सहभागी सहभागी हुनु भएको छ । उक्त सम्मेलनले पोखरा घोषणा पत्र समेत जारी गर्ने भएको छ । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM