२०८३ असार २८ गते, आईतवार ००:४५

हुलाक सेवालाई व्यावसायिक बनाउन डिजिटलाइजेसनका माध्यमबाट अगाडी बढाउनुपर्छ : मन्त्री गुरुङ

काठमाडौँ । एक सय ५०औँ विश्व हुलाक दिवस र इन्टरपोलको एक सयौँ वार्षिकोत्सवको अवसर पारेर सरकारले १० रुपैयाँ दरका दुई हुलाक टिकट प्रचलनमा ल्याएको छ ।

हुलाक सेवा विभागले आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले टिकटमा टाँचा लगाएर प्रचलनमा ल्याउनुभयो ।

मन्त्री गुरुङले नेपालमै जनक शिक्षा सामग्रीले छापेको हुलाक टिकट प्रचलनमा ल्याउन पाएकोमा खुसी व्यक्त गर्दै राष्ट्रिय सुरक्षाको लागि पनि यस्ता छपाइका कामहरू स्वदेशमै गर्ने गरी सुरक्षण मुद्रण केन्द्रलाई प्रभावकारी ढङ्गबाट सञ्चालनमा ल्याउन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री गुरुङले राहदानी, राष्ट्रिय परिचयपत्र, नागरिकता लगायतका स्मार्ट कार्डहरू नेपालमा नै छाप्न सकिने गरी काम अगाडी बढाइएको बताउनुभयो ।

उहाँले हुलाक सेवालाई आधुनिक र व्यावसायिक बनाउन डिजिटलाइजेसनका माध्यमबाट अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले विगतमा हुलाक टिकट विदेशमा छाप्नुपर्ने बाध्यता नेपालमै टिकट छपाइ हुन थालेसँगै हटेको र यसबाट नेपाल सुरक्षण मुद्रणका लागि सक्षम छ भन्ने कुरा स्पष्ट भएको बताउनुभयो । 

सरकारले कानुन नै निर्माण गरेर सुरक्षण मुद्रण केन्द्र सञ्चालनमा ल्याएकोले आगामी दिनमा सबै किसिमका हुलाक टिकट लगायत अन्य सुरक्षण सामग्रीहरू नेपालमै छपाई गरिने तयारी भएको पनि सचिव अर्यालले बताउनुभयो ।

हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवालाई डिजिटलाइज्ड गरी यसको इतिहासलाई जोगाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM