Sunday, December 15, 2024
घरसमाचारएनपीएलको प्लेअफ समीकरण रोमाञ्चक, कुन टिम होडमा?

एनपीएलको प्लेअफ समीकरण रोमाञ्चक, कुन टिम होडमा?

सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स र चितवन राईनोजले कम्तीमा प्लेअफमा स्थान पक्का गरिसकेको छ। अनि प्लेअफ होडमा कर्णाली याक्स र काठमान्डु गुर्खाज छन् ।

३० मंसिर, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) लिग चरणको अन्तिम खेल बाँकी हुँदासम्म पनि प्लेअफ पुग्ने चार टोलीको टुंङ्गो अझै लागेको छैन ।

शीर्ष चारमा कुन-कुन टिम पर्छ, कुन टीमले शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ला? एलिमिनेटरमा कुन-कुन टिम भिड्ला? सबैको चासोको विषय बनेको छ । तर समीकरण भने अझै टुङ्गो लागेको छैन ।

सोमबार हुने सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीचको खेलपछि मात्रै यो सबै प्रश्नको जवाफ पाइनेछ र समीकरण टुङ्गो लाग्नेछ ।अहिलेसम्म निर्णय भएको कुरा के हो भने सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स र चितवन राईनोजले कम्तीमा प्लेअफमा स्थान पक्का गरिसकेको छ। अनि प्लेअफ होडमा कर्णाली याक्स र काठमान्डु गुर्खाज छन् ।

कर्णालीले अन्तिम लिग खेल सोमबार खेल्नेछ भने काठमान्डुले लिगको सबे खेल खेलिसकेको छ। अहिलेको अवस्थामा दुवै टिमको समान ८ अंक छ । नेट रनरेटमा कर्णाली अघि छ । काठमान्डु पाँचौ स्थानमा छ ।आइतबार विराटनगर किंग्सलाई हराएपछि काठमान्डुले पनि प्लेअफ सम्भावना कायम राखेको हो ।

पोखरा एभेन्जर्सलाई हराएको सुदूरपश्चिम १० अंक जोडर शीर्ष स्थानमा छ । नेट रनरेट राम्रो भएकोले सुदूर पश्चिमले शीर्ष दुईमा रहने सम्भावना बलियो बनाएको छ ।

६ खेल खेल्दा पाँचौ जित हात पारेको सुदूरपश्चिम १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । समान १० अंक भएपनि जनकपुर बोल्ट्स नेट रनरेटमा पछि रहँदै दोस्रोमा झरेको छ ।

आजको जितपछि सुदूरपश्चिमले शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने सम्भावना बलियो बनाएको छ ।

अब लिगको अन्तिम खेलमा सुदूरपश्चिमले सोमबार कर्णाली याक्ससँग खेल्नेछ । अहिलेसम्म जनकपुरसँगै सुदूरपश्चिम र चितवन राइनोज तीन टिम प्लेअफमा स्थान निश्चित गरेका छन् ।

अहिलेसम्म जनकपुरसँगै सुदूरपश्चिम र चितवन राइनोज तीन टिम प्लेअफमा स्थान निश्चित गरेका छन् ।

सोमबारको अन्तिम लिग खेलपछि प्लेअफ पुग्ने चौथो टोलीको टुङ्गो लाग्नेछ । कर्णालीले सुदूरपश्चिमविरुद्ध ठूलो अन्तरको हार टारेमा चौथो हुँदै प्लेअफमा पुग्नेछ ।

सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग ५५ रन भन्दा बढी अन्तरले हारेमा भने काठमान्डुले नेटरेनरेटमा कर्णालीलाई पछि पार्दै चौथो हुँदै प्लेअफमा पुग्नेछ ।
कर्णालीको लागि शीर्ष दुईमा पुग्ने सम्भावना पनि छ ।

त्यसका लागि सुदूरपश्चिमलाई आफू अनुकुल नतिजामा हराउनुपर्नेछ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -