रौशन चौधरी
रौतहट, १४ भदौ ।
रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं ६ मा बस्ने बिपत राम को छोरा वर्ष ४५ को राजदेव रामले शनिवार राती करिब ११ बजे आफ्नै खेतमा गई आत्महत्या गरेको छ ।
कोरोना भाइरसको संक्रमण रोक्न को लागि देशैभरी लकडाउन गरेको छ । परिवारको खर्च जुटाउन सम्भव नभएको कारण लेगर्दा राम आत्महत्या गरेको छ। घरपरिवार लाई धेरै दुःख देखेर आज मृतक परिवारलाइ कटहरिया नगरपालिका कि उप प्रमुख नुरजाहा खातुन र समाज सेवी युवा नेता नसरूदिन अन्सारी ले आफ्नो निजी स्रोतबाट सहयोग गर्नु भएका छन।खाद्यान्न समाग्री राहत चामल २ बोरा दाल ५ किलो करूतेल २ किलो नुन ४ किलो नुहाऊने साबुन ६ पिस कपडा धुने साबुन १२ पिस र पोष्टमाड्म को लागि एम्बुलेन्स खर्च बापत रु ४००० चार हजार आर्थिक सहयोग गर्नु भएका छन्।
उक्त मृतक परिवार को श्रीमती लाई हस्तान्तर गरेको छ।राजदेव रामले अल्प आयुमै संसार बाट सधैं को लागि विदा भएको घटना ले फतेपुर समपर्ण गाउनै स्तब्ध वनाएको छ ।वहाँको आत्मा को चिर शान्ति र मर्माहित परिवार जनको धैर्य धारण को कामना सहित कटहरीया ६ का वडा अध्यक्ष शमभुकान्त प्रसाद यादव हार्दिक ऋदाजंली अर्पण गरियो छ।अती विपन्न गरिव असहाय र दलित समुदायका परिवारलाई सहयोग गरेकोमा उप मेयर नुरजाहा खातुनलाइ पिडीत परिवारले धन्यवाद दिएको छन ।