२०८३ जेष्ठ ७ गते, बिहीबार १५:०३

धार्मिक व्यंग्य विरुद्ध हिन्दूवादीहरु जागे ! कान्तिपुर टिभीमा दिए ज्ञापन

चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ, २० माघ ।
गणतन्त्र स्थापना भए यता हिन्दू धर्ममाथि निरन्तर रुपमा भइरहेको विभिन्न खाले प्रहारलाई निस्तेज पार्न हिन्दूवादी संघसंगठनहरुले ऐक्यवद्धता देखाउँदै आइतवार कान्तिपुर टेलिभिजनमा ज्ञापन पत्र बुझाएका छन् ।

केही दिन अघि कान्तिपुर टिलिभिजनमा प्रशारित ‘कमेडी च्याम्पियन’ शोमा हिमेश पन्ले “रामले आफ्नो पत्नी सीताको मुख बाट सत्य तथ्य बकाउन आगोमा होमेछन , सीता लाई रक्सी खुबाईदिएको भए त सत्य कुरा बकिहाल्थिन नि !”  भन्ने व्यंग्य प्रस्तुत गरेका थिए ।

पन्तको सो व्यङ्ग्यले हिन्दू धर्मावलम्बीहरुको धार्मिक आस्थामा ठोस पुग्ने तथा हिन्दू विरोधीहरुलाई यस्ता किसिमको व्यंग्यले थप प्रोत्साहन गर्ने निस्कर्ष निकालेका  सगोरा, शिव सेना नेपाल लगायतका हिन्दूवादी संघसंगठनहरुले विरोध जनाएका छन् ।

यसै क्रममा आइतवार विभिन्न हिन्दूवादी संघसंगठनका पदाधिकारीहरु सम्मिलित एक टोलीले कान्तिपुर टेलिभिजनमा पुगेर कुनै पनि धर्म, संस्कृति, संस्कार र परम्परा तथा मान्यताका आस्थावानहरुको आस्थामाथि चोट पुग्ने खालका व्यंग्य, चित्र र टिप्पणी प्रकाशन/प्रशारण गर्न संविधानले समेत निषेध गरेको र नेपालको देवानी अपराध संहिता समेतले कारवाही गर्ने उल्लेख हुँदा हुँदै पनि लोकप्रिय टेलिभिजन कान्तिपुरमा यस्ताखाले सामग्री प्रशारण गरिनु खेद जनक भएका बताउनु हुँदै यस्ता सामग्री प्रशारण गर्नु अघि सेन्सर गर्न ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सरोकार मंच नेपाल, आरोहण, शिव सेना नेपाललगायत विभिन्न हिन्दूवादी/राष्ट्रवादी संघसंस्थाको तर्फबाट सगोरा नेपालका अर्जुन राणाले कान्तिपुर टेलिभिजनका व्यवस्थापक दिनेश थपलियालाई एक ज्ञापन पत्र जारी गर्दै आगामी दिनमा कान्तिपुर टेलिभिजनबाट हुने कुनै पनि कार्यक्रम वा सामग्रीमा हिन्दू धर्म संस्कृति तथा आस्था विरुद्धको सामग्री प्रस्तुत नगर्न नगराउन आग्रह गरे । सो विज्ञप्तिमार्फत कमेडी सो मा हिमेश पन्तले बोलेको शब्द प्रति माफी माग्न र आगामी दिनमा यस्ताखाले शब्द प्रयोगमा बिचार पुर्याउन समेत माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै कान्तिपुर टेलिभिजनका निर्देशक दिनेश थपलियाले कान्तिपुर टेलिभिजन कुनै पनि धर्म र संस्कृतिका विरुद्ध वा कसैको आस्थामाथि चोट पुर्याउने उद्देश्यले संचालित संस्था नभएको हुँदा त्रुटी सच्याउने तथा आगामी दिनमा यस्ताखाले टिप्पणीमाथि गम्भीर हुने विश्वास दिलाउनु भयो ।

सो अवसरमा शिव सेना नेपालका तर्फबाट मनोज सापकोटा, सत्मार्ग अभियान नेपालका जय प्रकाश गुरागाञी, राष्ट्रिय सरोकार मंचका तर्फबाट रघुराज राजभण्डारी, राष्ट्रवादी केन्द्र नेपालको तर्फबाट ऋषि गुरागाञी लगयत विभिन्न धर्मिक तथा राष्ट्रवादी संघसंगठनमा आवद्ध व्यक्तित्वहरूले प्रतिनिधित्व गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM