२०८२ असार २० गते, शुक्रबार १३:०१

एमालेप्रति जनताको आकर्षण बढ्यो : उपमहासचिव ज्ञवाली




सुर्खेत । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एमालेको वैचारिक शक्तिका कारण पार्टीप्रति जनताको आकर्षण बढेको बताउनुभएको छ ।

नेकपा एमाले सुर्खेत जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै केन्द्रीय स्कुल विभागका प्रमुख समेत रहनुभएका नेता ज्ञवालीले नेकपा एमाले नेतृत्वको सरकारले देशमा नयाँ आशा जगाएकाले पार्टीको विचार तथा कार्यक्रम सबै तह र तप्कासम्म पुर्‍याउन आग्रह गर्नुभयो ।

उहाँले संसद्का दुई ठूला दल एमाले र नेपाली कांग्रेस मिल्दा जनतामा आत्मविश्वास बढेको र परिवर्तनको थालनी भएको दाबी गर्नुभयो ।

तीन दिनसम्म चल्ने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाह, नेकपा एमाले केन्द्रीय सदस्य द्वय नवराज रावत, ठम्मर विष्ट एवं सुर्खेत अध्यक्ष कुलमणि देवकोटा, उपाध्यक्ष मोहन बडुवाल लगायतको सहभागिता रहेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM