२०८३ असार १८ गते, बिहीबार २२:१३

पूर्व राजा शाहद्वारा प्रम ओलीको स्वास्थ्यलाभको कामना

काठमाडौं, १० मंसिर

पूर्व राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन्।

पूर्व राजा ज्ञानेन्द्रले ओलीको स्वास्थ्य अवस्थाको बारेमा जानकारीसमेत लिएका छन्। आज अपरान्ह शाहले आफ्ना निजी सचिव पशुपतिभक्त महर्जनलाई प्रधानमन्त्री ओली उपचाररत त्रिवि मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टर पठाएका थिए।

निजी सचिव महर्जनले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर पूर्व राजा शाहको तर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्।

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM