– स्वयम्भुनाथ कार्की
आजकल गणतन्त्र ल्याउन भूमिका खेलेका भनिने नेताहरुको मुखमा झुण्डिएको वाक्य भएको छ “पार्टी खोलेर आइज” । यो कुरा जसले पनि अलि चासो लियो वा वेथितिको वारेमा कुरा उठायो भने भनिन्छ । चाहे राजा हुन वा रंक सबैलाई पार्टी खोलेर आउने चुनौतीको पछाडी एक पुरानो मनोविज्ञानले काम गरेको छ । त्यो हो मदन भण्डारीको राजालाई श्रीपेच खोलेर मैदानमा आउन चुनौती दिईएको भाषण । यो भाषणले भण्डारी कृष्णप्रसाद भट्टराइलाई हराउन सफल भएको भ्रम छ । तर पछि ३६से र ७४रे मा विभाजित दुवै थरी कांग्रेसी जान्दछन् कि कृष्णप्रसाद भट्टराईको हारमा मदन भण्डारीको जित भन्दा गीरिजा प्रसादको भुमिका महत्वपूर्ण थियो । आफ्नो जिम्माको काम फत्ते गरेर जस पाएका भट्टराईको संसदमा उपस्थिति गीरीजाको सत्तारोहणको तगारो थियो ।
पार्टी खोलेर आइज भन्ने दम्भयुक्त वचन धागो चुँडिएको चंगासरी पार्टीको खोजीमा भौतारिरहेको बाबुराम भट्टराई बोल्छन् । नेताको हनबेर्नो भएका कार्यकर्ताहरुको मुखबाट पनि यो दम्भ आउने गर्छ । सत्तामा बसेकाहरुले त भन्ने नै भए । सुन्दासुन्दा अव त केही आशामुुखी बुद्धिजीविहरु पनि यो दम्भलाई उचित भन्न थालेका छन । बहुसंख्यक सदर मतको ३५,४० प्रतिशत मतले चुनिएर आएकाहरुको या दम्भ आफैमा हास्यास्पद छ । यो प्रतिशत सदर मतको हो परेको मतको पनि हैन भने कुल मतदाताको त कुरै छोडौ । फेरी यो प्रतिशत आफ्नो पोल्टामा पार्न के के हुने रहेछ भन्ने कुराको उजागर त इटाभट्टा काण्डले उजागर गरेको छ । असफल प्रयास भएकोले यो प्रकाशमा आयो तर निर्वाचनताका के कस्ता खेल भए भन्ने कुरा त जनजनको मनमा छँदैछ ।
सम्भाव्य अवस्था एक कलाकार कलाक्षेत्रको कुनै कुरा लिएर आवाज उठाउँछ । तर त्यो सुनवाई गर्नुपर्ने स्थानको राजनैतिक नेतृत्व त्यसलाई आफु उपरको हमला सम्झन्छ । अनि त्यो कलाकारलाई भन्छ “निर्वाचितलाई हेप्ने ? तेरो तागत भए पार्टी खोलेर चुनाव जितेर आईज” । अव त्यो कलाकार आफ्नो क्षेत्रमा काम गरोस कि पार्टी खोलेर चुनाव लड्न थालोस । अर्को अवस्था, राज्यको व्यवहारले कृषकले भोग्नु परेको अवस्थाको विरोधमा कुनै कृषकले आवाज उठाओस त । फेरी चुनौती आउँछ, “ज्यादा जान्ने हुने हैन, सक्छस भने पार्टी खोलेर चुनाव जितेर आईज” । के यो अवस्था सार्वभौम जनताले संविधानले प्रदान गरेको भनिएको अधिकार रोक्ने अवस्था होईन त ?
यो त भयो कुराको एक पाटो । यस पाटोमा यो त्यति गम्भिर देखिदैन, सामान्य दम्भमात्र देखिन्छ, पार्टी कार्यकर्ताहरुको, पैसाको अनि बाहुवलको घमण्डमा आफु बाहेक अरु कसैले निर्वाचन जित्न सक्दैन भन्ने दम्भ । तर यसको अर्को पाटो पनि छ । त्यो पाटोबाट हेर्दा यो अत्यन्त गम्भिर कुरा हो । त्यो गम्भिरताको वारेमा भन्दिन तर केही संभाव्य परिस्थिति हेरौ । यसले यो सर्वसाधारण जनताको निमित्त कत्तिको हानीकारक छ भन्ने अनुमान गर्न सहज हुन्छ । राजनीतिमा भाग लिएर सबै गर्न सकिन्छ भनेर दल खोल्ने उज्वल थापा, रविन्द्र मिश्रहरु निराश त भएका नहोलान् । तैपनि उनीहरुले राजनीतिमा हामफल्नु भन्दा पहिले बनाएको समाजिक प्रतिष्ठा भने बढेको छैन बरु घटेको छ ।
सम्भाव्य अवस्था एक कलाकार कलाक्षेत्रको कुनै कुरा लिएर आवाज उठाउँछ । तर त्यो सुनवाई गर्नुपर्ने स्थानको राजनैतिक नेतृत्व त्यसलाई आफु उपरको हमला सम्झन्छ । अनि त्यो कलाकारलाई भन्छ “निर्वाचितलाई हेप्ने ? तेरो तागत भए पार्टी खोलेर चुनाव जितेर आईज” । अव त्यो कलाकार आफ्नो क्षेत्रमा काम गरोस कि पार्टी खोलेर चुनाव लड्न थालोस । अर्को अवस्था, राज्यको व्यवहारले कृषकले भोग्नु परेको अवस्थाको विरोधमा कुनै कृषकले आवाज उठाओस त । फेरी चुनौती आउँछ, “ज्यादा जान्ने हुने हैन, सक्छस भने पार्टी खोलेर चुनाव जितेर आईज” । के यो अवस्था सार्वभौम जनताले संविधानले प्रदान गरेको भनिएको अधिकार रोक्ने अवस्था होईन त ?
यो नयाँ नेपालमा पार्टी खोलेर चुनाव नजिती स्वतन्त्र बाँच्ने, बोल्ने , खाने अधिकार नै छैन । अधिकार छ त केवल दल र त्यसका कार्यकर्ताको होमा हो मिलाएर दवेर बस्ने । त्यो पनि सुरक्षित छैन, विपक्षी रोज्नु झन खतरायुक्त छ । कहिले को सत्ताधारी हुने हो कहिले को विपक्षी हुने हो त्यो त दलका नेताहरुलाई पनि थाहा छैन । उनीहरुकै साथी मध्ये कोही अहिले आतंककारी भएका छन्, मुलुक टुक्र्याउने लक्ष लिएकालाई सुनपानी हालिएको छ । अर्थात अहिले अपराधी भनेको भरे सज्जन हुन सक्छ । अहिलेको सज्जन भरे अपराधी हुन सक्छ ।
कल्पना गर्नुस्, अस्पतालको वेथितिको बारेका बोल्दा यही भनिन्छ । भ्रष्टाचारको विरोधमा बोल्दा त हालसालै यस्तो चुनौती दिईएको नै छ । स्वतन्त्र रहेर काम गर्ने पत्रकारहरुले पनि यो चुनौती पाएका छन । अर्थात यो नयाँ नेपालमा पार्टी खोलेर चुनाव नजिती स्वतन्त्र बाँच्ने, बोल्ने , खाने अधिकार नै छैन । अधिकार छ त केवल दल र त्यसका कार्यकर्ताको होमा हो मिलाएर दवेर बस्ने । त्यो पनि सुरक्षित छैन, विपक्षी रोज्नु झन खतरायुक्त छ । कहिले को सत्ताधारी हुने हो कहिले को विपक्षी हुने हो त्यो त दलका नेताहरुलाई पनि थाहा छैन । उनीहरुकै साथी मध्ये कोही अहिले आतंककारी भएका छन्, मुलुक टुक्र्याउने लक्ष लिएकालाई सुनपानी हालिएको छ । अर्थात अहिले अपराधी भनेको भरे सज्जन हुन सक्छ । अहिलेको सज्जन भरे अपराधी हुन सक्छ ।
राष्ट्रका सबै नागरिक हकका निमित्त, न्यायका निमित्त पार्टी खोल्दै चुनाव लडन कत्तिको संभव हुन्छ ? मानौ संभव नै भएछ भने पनि अन्य कामको निमित्त के विदेशीलाई ठेक्का दिने ? त्यसैले यो जसलाई पनि पार्टी खोलेर चुनाव लडेर आईज भन्ने कुरा राष्ट्र विरोधी कुरा हो । राष्ट्रविरोधी कुरा नगर्नुस्, जनता जुन स्थानमा छन, जुन पेशामा छन तिनिहरुले राज्यमा पाउनै पर्ने समान हक अधिकार पार्टी खोलेर चुनाव नलडी नै पाउनु पर्छ जो राजसंस्थाले दिने गरेको थियो ।
विराटनगर १
२०७६ कार्तिक ७ गते क्राइम चेक साप्ताहिकमा प्रकाशित