२०८३ असार १८ गते, बिहीबार २२:२६

तेली कल्याण समितिद्वारा शुभकामना आदान-प्रदान

बीरगंज २ कार्तिक ।
प्रदेश नं. २ का भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री मा. शैलेन्द्र प्रसाद साहले कृषि क्षेत्रलाई आधुनिकरण तर्फ लैजान प्रदेश सरकार अघि बढेको बताउनु भएको छ ।

तेली कल्याण समाज पर्साले वीरगंजमा आयोजित तिहार छठको अवसर पारी आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रममा मन्त्री साहले सो धारणा राख्नु भएको हो ।

रोयल पार्टी प्यालेस श्रीपुर वीरगंजमा आयोजित कार्यक्रममा उहाँले प्रदेश नं २ का ९२ प्रतिशत जनता कृषिमा आश्रित रहेकोले प्रदेश सरकारको योजना पनि कृषि क्षेत्र र यहााका किसानको जीवनस्तर माथि उठाउन तर्फ लागेको बताउनु भयो । सो अवसरमा तेली कल्याण समाज पर्साका अध्यक्ष ध्रुव साहले समाजका सबै व्यक्तिहरुको सहयोगमा जग्गा खरिद गरी तेली कल्याण समितिको धर्मशाला निर्माण गरिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा वक्ताहरुले सम्पुर्ण तेली समाज एक जुट भएर एक अर्का को समस्या बुझेर सहयोग गर्नु पर्ने धारणा राखेका थिए । वक्ताहरुले तेली समाजमा पढे लेखेको ब्यक्तीहरुको कमी नरहेको तर तेली समाज एक जुट हुन नसक्दा अगाडी बढन नसकेको गुनासो गर्दै अब सबै मिलेर समाजलाई अगाडी बढाउनु पर्ने कुरामा जोड दिएका थिए । साथै शिक्षामा विशेष ध्यान दिएर अगामी दिनमा तेली समाज देशकै प्रबुद्ध बर्गहरुको संगठनको रुपमा विकास गर्नु पर्ने निचोड कार्यक्रममा निकालिएको थियो ।

समाजका पर्सा अध्यक्ष ध्रुव साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य राजेश्वर साह, तेली कल्याण समाजका केन्द्रिय उपाध्यक्ष पारस साह, बिरगंजका अध्यक्ष पन्नालाल साह ,पूर्बमन्त्री आत्माराम साह,रामचंऽ साह ,लगायतले आ–आफनो मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा प्रमोद साह, राजदेव साह, बीरेन्ऽ साह,लगायत समाजमा आवद्ध सयौं व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM