Wednesday, November 27, 2024
घरसमाचारदलालीको दाल गल्दैन, वीरगंजको बाटो २५ मिटर नै टुट्छ: हजरा

दलालीको दाल गल्दैन, वीरगंजको बाटो २५ मिटर नै टुट्छ: हजरा

राकेश प्र. चौरसिया
चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ११ असोज/
त्रिभुवन राजपथ अन्तर्गत रहेको गण्डक–रक्सौल सडक खण्डको वीरगंज महानगरपालिको सडक फराकिलो हुने वा नहुने विषयमा वहसले वीरगंजवासीहरूलाई तताइरहेकै समयमा नेकपाका नेता प्रभु हजराले वीरगंजको समग्र विकासकालागि सडक फराकिलो पार्न आवश्यक रहेको टिप्पणी गरेका छन् ।

एबीसी टेलिभिजनको वार्षिकोत्सवको अवसरमा वीरगंजमा आयोजना गरिएको एक कार्यक्रममा बोल्नुहुँदै नेता हजराले सो कुरा बताउनु भएको हो ।

नेता हजराले विकास विरोधी दलका दलाल नेताहरू वीरगंजको विकासमा बाधा अड्काउन विभिन्न योजना बनाइरहेको भएपनि वीरगंजको विकासमा अवरोध गर्नेहरूको दलालीको दाल गल्न नदिन नेकपा र वर्तमान सरकार सचेत छ ।
कुनै पनि स्थानको विकास गर्न केही योगदान र बलिदानको आवश्यक भएको हुँदा वीरगंजको भविष्य र विकासलाई मध्यनजर गरेर २५/२५ मिटर सडक फराकिलो पार्न जरुरी छ ।

६० वर्ष अघि विस्तार गरिएको सडकको संरचनाले वर्तमान र भविष्यको जनघनत्व तथा सवारी चापलाई धान्न सक्ने अवस्था नरहेको हुँदा वीरगंजको विकासमा कसैले वाधा पुर्‍याउन नहुनेमा नेता हजराको जोड थियो ।

एबीसी टेलिभिजनको ११ औं वार्षिकोत्सवको अवसरमा वीरगंजमा आयोजित “वीरगंजको विकास, शिक्षा, कृषि र विकास” विषय अन्तक्रिया कार्यक्रममा प्रभु हजरा, केसी लामिछाने, रहबर अंसारीलगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रम एबिसी टेलिभिजनका शेखर छतकुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -