चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ७ असोज/
सशस्त्र प्रहरी बल नेपाल नं. १४ गुल्म भन्सार राजश्व तथा सुरक्षा गस्तीद्वारा प्रतिबन्धित भारतीय रुपैयाँसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारत पश्चिम चम्पारण बेतिया मझौलिया थाना–३ छौरहियाका ३६ वर्षीय रबिन्द्र यादवलाई मंगलवार विहान वीरगंज–१६ भन्सार मुलगेटबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
शरीरमा लुकाएर अवैध रूपमा भारतीय रुपियाँँ लिएर नेपालबाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले जानकारी दिए ।
उनको साथबाट सशस्त्र प्रहरीले २ हजार दरका ३० थान र ५ सय दरका १४० थान नोट बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक खत्रीले बताए ।
बरामद गरिएको रकमसहित यादवलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यसैगरी भन्सार मूलगेटबाट सशस्त्र प्रहरी बलकै टोलीले चेक जाँच गर्ने क्रममा जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.–११ गोल्फिनटार बस्ने केदार लामिछानेको छोरा बर्ष १५ को रिजन लामिछानेले हडकेशको कार्टुन भित्र लुकाई छिपाई भारतबाट नेपालतर्फ ल्याउदै गरेको प्रतिबन्धित लागु औषध ध्ष्ल ऋष्चभह २५ बोतल सहित निज व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रियाको स्थानीय प्रहरीलाई बुझाईएको जानकारी दिएको छ ।