Wednesday, November 27, 2024
घरसमाचारराजनीतिप्रहरीद्वारा मन्त्रीको आदेशमा मान्छे थुन्ने र छोड्ने काम शुभारम्भ

प्रहरीद्वारा मन्त्रीको आदेशमा मान्छे थुन्ने र छोड्ने काम शुभारम्भ

चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ, २९ भदौ/

संघीय गणतन्त्र राज्य नेपालमा कानुनी राज्यको धज्जी उडाइनेछ भन्ने राष्ट्रवादी नागरिकहरुको दश वर्ष अघिको आंकलन र दाबीलाई दुई तिहाई बहुमतको कथित वामपंथी सरकारले प्रमाणित गर्दै आइरहेका छन् ।

पछिल्लो समयमा यसको ज्वलन्त उदाहरुण बनेका छन् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई बनेका छन् ।

कहिले पदीय दुरुपयोग गर्दै धार्मिक स्थल पशुपति मन्दिरमा संध्या गंगा आरती पूर्व  राष्ट्रिय गान बजाउन आदेश दिन्छन् त कहिले विमानको उडान नै अवरुद्ध गरेर सर्वसाधारण नागरिकलाई सास्ती दिन्छन् ।

त्यस्तै प्रहरीमाथि दबाव दिई मन्त्री भट्टराईले थुनामा रहेका व्यक्तिलाई रिहा गर्न ठाडो आदेश दिएर छुटाउँछन् । मन्त्री योगेश भट्टराईले आइतवार यस्तै नाटक मञ्चन गरेर कानुनी राज्यको धज्जी उडाएका छन् ।

प्राप्त जानकारी अनुसार सामाजिक अभियन्ता दाबी गर्दै आएका ज्ञानबहादुर शाही मन्त्रीले फोन गएपछि रिहा भएका छन् । आफैले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नै कारणले तनाव ग्रस्त स्थिति बनेपछि पक्राउ परेका उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले फोन गरेर छुटाएको बताइएको छ । शनिबार नेपालगञ्जबाट काठमाडौँ आउँदै गर्दै बुद्धएयरको जहाजमा भएको घटनालाई लिएर शाहीले पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।

पत्रकार सम्मेलनमा झडप हुन थालेपछि प्रहरीले शाहीलाई पक्रेर लगेको थियो । मन्त्री भट्टराईले सुरक्षा निकायलाई फोन गरेर उनलाई रिहा गर्न भनेपछि उनी प्रहरीको नियन्त्रणबाट छुटेको बताइएको छ ।

मेकिङ्ग नेपाल इन्भेस्टमेन्ट प्रालि र जापानी कम्पनी जी होल्डिङ्सद्वारा आयोजित ‘नयाँ प्रविधिकाका साथ नेपालमा लगानीको अवसर’ विषयक अन्तरक्रियामा सहभागी भइरहेका बेला मन्त्री भट्टराईले शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी पाएका थिए । जानकारी पाएलगत्तै मन्त्री भट्टराईले नेपाल प्रहरीका उच्च अधिकारीलाई फोन गर्दै शाहीलाई तत्काल छोड्न आग्रह गरोको बताइएको छ ।

मन्त्री भट्टराईको आदेशमा प्रहरीले शाहीलाई रिहा गरेको विषयलाई लिएर सामाजिक संजालमा निकै बहस चलिरहेको छ । कतिपयले मन्त्रीकै आदेशमा कोही समातिने, कोही छुट्टिनु पर्ने भए किन चाहियो अदालत, किन चाहियो कानुन ? किन चाहियो न्याय प्रणााली भनेर व्यापक विरोध भइरहेको छ ।

सोही क्रममा राजनीतिक विश्लेषक एवं टिप्पणीकार स्वयम्भुनाथ कार्कीले फेसबुकका प्रतिकृया दिंदै लेखेका छन्, “निम्न स्तरिय नाटक, कुन आरोपमा पक्रेको थियो र छुटाए ? कि आदेश नै थियो त्यहाँ गडवडी गराईन्छ त्यपछि पक्रनु अनि म फोन गर्छु त्यसपछि छोडिदिनु भनेर ?

योगेशका यी कुराहरुले सरकार थप अलोकप्रिय हुन्छ । हेरौं उनी सरकार भन्दा पहिले पदमुक्त हुन्छन कि सरकारलाई पनि लिएर ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -