Saturday, January 11, 2025
घरसमाचारज्योतिष चौबे र दुबे सम्मानित

ज्योतिष चौबे र दुबे सम्मानित

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २८ भदौ/
नेपाल ज्योतिष परिषद जिल्ला कार्यसमितिले एक समारोहकाबीच नेपाल ज्योतिष परिषदका नवनिर्वाचित केन्द्रिय उपाध्यक्ष ज्यो. मदन चौबे र केन्द्रिय उपमहासचिव ज्योतिष पुरुषोत्तम दुबेलाई सम्मान गरेको छ ।

गत हप्ता काठमाण्डौमा भएको नेपाल ज्योतिष परिषदको राष्ट्रिय महाधिवेशनबाट पर्सा जिल्लाका दुई ज्योतिषहरू सर्वसम्मतिबाट निर्वाचित हुनु गौरवको विषय भएको भन्दै पर्सा जिल्ला कार्यसमितिले सम्मान गरेको हो ।

वीरगंजको लाठगल्लीस्थित पशुपति वेद वेदाङ संस्कृत विद्यालयमा आयोजित सो कार्यक्रममा ज्योतिष चौबे र दुवेलाई ढाकाटोपी, फूलमाला, अविर ओढाएर सम्मानित गरिएको थियो ।

साथै जिल्ला कार्यसमितिमा रिक्त रहेको उपाध्क्ष र कोषाध्यक्ष पदमा क्रमशः लालबाबु पाण्डेय र पुरुषोत्तम देव उपाध्यायलाई सर्वसम्मतिबाट चयन गरिएको जिल्ला कार्यसमितिका अध्यक्ष पंडित सुरेन्द्र तिवारीले जानकारी गराउनु भयो ।

कार्यक्रममा मन्तव्यका क्रममा बोल्दै वक्ताहरूले दिनानुदिन हिन्दू धर्मप्रति हुँदै गएको चौतर्फी प्रहारले हिन्दूत्वमात्रको नभई जीवन पद्धतिको अस्तित्व संकटमा परेकोमा चिन्ता व्यक्त गरे । गैर हिन्दू र युरोपियन युनियनबाट नेपालका हिन्दू धर्म मास्न देशमा खरबौं रुपैयाँका खोलो बगाएर संस्कृति शिक्षा मात्र नभई संस्कृति समेत नष्ट गरिरहेको वक्ताहरूले दाबी गरे ।

हिन्दूहरू आफैं सनातन धर्मको रक्षाकालागि एकजुट नभई यो स्थिति आगामी दिनमा अझ भयावह हुनेमा वक्ताहरूले चिन्ता व्यक्त गरेका थिए । ज्योतिष पंडित मदन चौबेले वेदलाई रोजीरोटीको माध्यम मात्र बनाएर हुन्न । यसको संरक्षण र संवद्र्धन गर्न नसके सधैं यसको दोहन गर्न नसकिने बताए । उहाँले हाम्रा पूर्खाले हाम्रो धर्म संस्कृति, वेद इत्यादिको संरक्षण र संवद्र्धन गरेकै कारण त्यसबाट आज हामीले प्रतिफल लिइरहेको बताउनु हुँदै उहाँले आप्mना सन्ततीकालागि हिन्दू धर्म, संस्कृति, परम्पराको संरक्षण र संवद्र्धन गर्न हामी सबैको कर्तव्य भएको स्मरण गराउनु भयो । उहाँले फलानोले गरेपछि मात्र आफूले गर्छु भन्नु भन्दा आफैंबाट शुरुवात गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -