२०८३ बैशाख १९ गते, शनिबार १६:१५

राजा ज्ञानेन्द्र रौतहटमा, स्वागतमा उर्लिए मानव सागर

रौतहट, ११ जेष्ठ ।

रौतहटको मत्सरी स्थित श्री दुर्गा भवानी मन्दिरमा पूजा गर्न गएका श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेवलाई स्वागत, अभिवादन गर्न उर्लिएको जनसागर…!

रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित दुर्गा मन्दिरमा स्थानीयले भव्य स्वागत गरेका हुन्। ‘राजा आउ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै स्थानीयले जयजयकार नारा समेत गरेका थिए ।

राजा शाहले मन्दिरमा करिब आधा घण्टा पूजा अर्चना गरेका थिए । सो क्रममा उनको स्वागतका लागि मत्सरीमा हजारौँको उत्साहजनक सहभागिता रहेको थियो।

राजा शाहलार्इ मत्सरीवासीले समेत अभिन्नदनसमेत गरेका छन् । सो कार्यक्रममा स्थानीयहरू स्वतस्फुर्त रूपमा उपस्थित भएको दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विनय झाले बताए।

दुई हप्ते धार्मिक यात्राको क्रममा रहेका राजा ज्ञानेन्द्र यसअघि पर्साको पोखरिया, वीरगंजको वीर्ता मन्दिर लगायतमा पूजाको लागि पुग्दा ती ठाउँहरुमा पनि यस्तै मानव सागरले स्वागत, अभिनन्दन गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM