Wednesday, November 27, 2024
घरसमाचारराजसंस्था पुनर्स्थापनाकोलागि हस्ताक्षर अभियान जारी

राजसंस्था पुनर्स्थापनाकोलागि हस्ताक्षर अभियान जारी

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २४ भदौ/
सर्वसाधारण नागरिकहरूको प्रतिनिधित्व गर्दै खुलेको नेपाल राष्ट्रवाद संघ र शिव सेना नेपालको संयुक्त आयोजनामा पर्साको वीरगंजमा राजसंस्था पुनर्स्थापनाको शुरु गरिएको हस्ताक्षर अभियान मंगलवार पनि जारी रह्यो ।
वीरगंजको घण्टाघरमा शनिवारबाट शुरु गरिएको सो हस्ताक्षर अभियान अन्तर्गत मंगलवार करिब ४०० जनाले हस्ताक्षर गरेका थिए ।

प्रचण्ड घाम र अत्यधिक गर्मीमा बाटो हिंड्ने बटुवा र सर्वसाधारणको अत्यन्त न्यून उपस्थितिका बावजुद हस्ताक्षर अभियान शुरु भएपछि देशका भागका सचेत र राष्ट्रप्रति समर्पित जनताहरूले स्वस्पूर्mत रुपमा सरिक भई हस्ताक्षर गरिरहेको नेपाल राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष एवं शिव सेना नेपालका केन्द्रिय सदस्य जनकलाल शाहले बताए ।

मंगलवार साँझसम्म करिब साढे तीन हजार भन्दा बढीले हस्ताक्षर गरिसकेको बताउनु हुँदै संघका केन्द्रिय अध्यक्ष शाहले सो अभियान बुधवार दिउँसो २ बजेसम्म जारी रहने बताए ।

दिउँसो दुई बजेपश्चात नेपाल राष्ट्रवाद संघ एवं शिव सेना नेपालले संयुक्त रुपमा राजसंस्था पुनस्र्थापनाको पक्षमा वीरगंजमा नगर परिक्रमा गर्ने तयारी गरिरहेको अध्यक्ष शाहले बताए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -