Thursday, November 28, 2024
घरसमाचारपशुपतिनाथ मन्दिरमा राष्ट्रिय गान बजाउन निर्देशन दिने मन्त्री भट्टराई विरुद्ध जनआक्रोश

पशुपतिनाथ मन्दिरमा राष्ट्रिय गान बजाउन निर्देशन दिने मन्त्री भट्टराई विरुद्ध जनआक्रोश

चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ, १४ भदौ/

विश्वमा सम्पूर्ण हिन्दूहरूको आस्थाको केन्द्र एवं सिंगो नेपाल राष्ट्रका आराध्यदेव पशुपतिनाथ मन्दिरमा आरती पूर्व राष्ट्रिय गान बजाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दिनु भएको निर्देशनपछि सामाजिक संजालमा व्यापक जन आक्रोश देखिएको छ ।

एकातिर उता सुर्खेतमा सामूहिक रुपमैं गौहत्या गरिनु र अर्कोतर्फ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री मन्त्री योगेश भट्टराइले हालै पशुपतिनाथ लगायतका मन्दिरहरूमा आरतीपूर्व राष्ट्रिय गान बजाउन भनि दिएको निर्देशनलाई यहाँले कुन रुपमा लिनु भएको छ ? भनि चन्द्रसूर्य वाणी दैनिकको फेसबुक पेजमा जनमत बुझ्न खोज्दा व्यापक रुपमा जन आक्रोश व्यक्त भइरहेका छन् ।

सर्वसाधारण नागरिकको तर्फबाट फेसबुक पोष्टमा आएका प्रतिकृयाहरु । हाम्रा पाठकहरूकालागि यहाँ जस्ताको त्यस्तै राख्छौं….

शंकर कार्कीः होईन यो नवयुवक सांसदले केही गर्लान भनेको त अब धार्मिक मठ मन्दिरमा “राष्ट्र गान” को कुरा ल्याएर तिनका ठूलाठालु भनाउँदालाई रिझाउन खोजेको हो । यसभन्दा पहिले आप्mनो पार्टी कार्यालयमा “राष्ट्र गान” को प्रचलन ल्याएको भए देशभक्त बन्ने थिए । त्यो त परै जावस नमस्कारको सट्टा मुडकी उज्याउनेको के कदर ?

अमर बहादुर श्रेष्ठः त्यही भएर त यिनका आदर्श नै विदेशी नै छन्– माक्र्सवाद, लेनिनवाद र माओवाद । कोही छन् त नेपालवादका ?

शेर शाहीः मन्दिरमा राष्ट्रिय गान ? यस्ता होली वाइनलाई के भन्नु ?
तारा जोशी ब्लेस मैनः खै के खै के, पागलहरूको झुण्ड जस्तै लाग्छ । अब पशुपतिनाथको मन्दिरमा राष्ट्रिय गान किन बजाउनु ? यसको मतलब आरती नगर नै भनेको होइन र, अप्रत्यक्ष रुपमा कि कसो ? यो नि झोले त हो । अब यसले नि के के न गर्छ पावरमा पुगेर । ठिकै छ के दिन्छन् दाना पानी तिमीहरूले खानु, त्यसपछि हामी सबैले थाहा पाउने छौं, के हुन्छ भनेर ।

कृष्ण मणी कोइरालाः राष्ट्रिय जनावर मारिने देशमा गीतको के कुरो आयो र ? श्री ५ सरकार महाराजधिराजको सदा रहोस उन्नति गाउने पनि यिनै डाँकाहरु त हुन नि खोइ उन्नती भएको ? थुतुनोमा राष्ट्रियता होइन मनमा हुनु पर्छ ।
पदमा गाउँलीः बेला न कुबेला ठाउँ न साउँ राष्ट्रिय गान र भगवान आरतीको तुलना हुनै सक्तैन । यी कम्युनिष्ट भनेकै सनातनरुपमा बलिया धर्म, सँस्कार, सँस्कृतिमाथि मार गरेर विदेशीहरुको ईशारामा रमाउने, नाच्ने, मिलेको समाजमा विखण्डन गरि राष्ट्र राष्ट्रियताको नारा रुपि खोल ओढेका ब्वाँसा हुन भन्ने अर्काे नमुना हो ।

धर्म आचार्यः नयाँ जोगी खरानी धेरै घस्छन् भनेको यहि हो । बारामा बनाउने भनेको अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास कार्यक्रममा १० लाख जनता ओराल्छु भनेर खोक्न पनि पछि परेनन्, किन होला मन्त्री भएपछि सबैले झुटै बोल्नु पर्ने ?

मोहन पाण्डेः धार्मिक स्थलमा राष्ट्रिय गाना बजाई सबै जनतामा राष्ट्रियताको भावना जागोस भन्ने ठानेर होला । यस्तो ठान्नु गलत हो । राष्ट्रियता भनेको जनताको विचार हो । सरकारको कार्यशैलीलाई देख्दा जनताको विचारमा अंकुश लगाईदैछ पत्रकारलाई अंकुस लगाउने चाजो–पाजो मिलाईदैेछ, जनता असुरक्षित देखिदैछ, भ्रष्टाचार रोकिएको महसुस जनताले गर्न सकेको छैन, ठूला करदातालाई छुट र साना करदातालाई कठोर नीति लिईदैछ यस्तो अवस्थामा जति धुन बजाएपनि जति राष्ट्रियता नौटंकी देखाएपनि राष्ट्रियता बलियो हुन सक्दैन कि ?

अनन्त हमालः यो राक्षसलाइ मार्नु पर्दछ, यदि यसले पशुपतिनाथ मन्दिरमा आरतीको सट्टा राष्ट्रिय गान गाउने निर्देशन दिएको हो भने ।

छविरमण सुवेदीः सामुहिक गौ हत्याको जिम्मेवारी सरकारले लिनु पर्छ, आरती अगाडीको राष्ट्रगान विषयान्तर भयो ।
आदित्य गैरेः योगेश भट्टराई बौलाएजस्तो छ, पाटनतिर लग्दा हुन्छ ।
राजन पाण्डेः सुर्खेतमा गौ हत्या, लुम्बिनीमा बुद्धको मूर्ती यो सब झोलेको खेल हो ।
हरपल को साथीः यो राक्षस हो यसको पनि काल आएछ अब लाग्छ यसलाई पनि अहिलेसम्म होली वाईनले छाडेको छैन राजा आउ देश मात्रै होइन, संस्कृत बचाऊ ।
उत्तम थापाः नेपालीको राष्ट्रियता देखाउने बाटो बाँकी भनेकै त्यहि मात्र छ । मन्दिरमा आरती, भजनको समयमा राष्ट्रिय गान बजाउने ।
वाङ्जु लामाः होली वाइनको कमाल हो ।
के.ए. भण्डारीः देश खाल्डोमा जाँदै छ । देशलाई बचाउनु छ भने राजा आउनु पर्छ हैन भने भोली न नेपाल रहन्छ न हामी नेपाली नै ।
झबिन्द्र फुलेलः गणतन्त्र कै मन्त्री नै त हुन । युवा भएकाले केही आशा थियो ।
राज एके ः नेपालमा कम्लिस्ट सरकार आएपछि नेपाली धर्म सस्कृती माथी धेरै परार यसरी सदै मास्न खोजेको हो भन्ने कुनै पनि हालतमा सरकार प्रति आक्रमण गर्न जरुरी छ ।
बुद्ध घलेः मन्त्री भए पछि पावर जाँचेर हेर्न लागेको होला कत्तिको लाग्छ भनेर ।
मुना राजभडेलः मातृभूमि सर्वोपरी हुन्छ भगवान भन्दा ठूलो त पक्कै पनि हुँदैन र राख्न पनि हुँदैन ।
विद्या कोइराला ताम्राकारः होइन अब देशमा फेरी एक पटक न्याय र धर्मको युद्ध लड्नै पर्ला जस्तो छ । जय पशुपतिनाथ ।
दिलु ठकुरीः योगेश भट्टराईले हिन्दु धर्मको उलंघन गर्न खोजेको हो । र आप्mनो कार्यकालमा नीति नियम कानुन विपरित संविधनको उलंघन गर्न खोजेको देखिन्छ । भगवानको भजन किर्तन आरधना गर्ने ठाउँमा राष्ट्रिय गान बजाउनु रे । वा ? स्कुल, पाटी, सभाहलमा चाहिँ आरती गर्नु पर्ने भो । मलाई लाग्छ योगेश भट्टराईले नैतिकता सिकेका छैनन क्यारे ईतिहास पल्टाएर हेरेका छैनन क्यारे । तेसैले त नत जनताले मन पराउने भाषन गरेका छन् नत धर्मले सुहाउँदो कुरा गरेका छन् । यस्तै पारा हो भने देश बन्दैन कहिले ।

सुबोध राणाः काम त देखाउनै पर्यो । जे नै होस् । यस्ताबाट अपेक्षा गर्नु बेकार हो ।
सुजन पराजुलीः भोली भगवान शिवको भजन हैन, क्राइस्टको भजन गा भन्नलाई ?
शंकर कार्कीः  राष्ट्र को अस्तित्व नराखने भरियाले “राष्ट्र गान” को डम्फू बजाउने आदेश कस्लाई खुशी पार्न देको ? के, नेकपाको पार्टीको कार्यालयमा कार्य सुरू हुनु पूर्व “राष्ट्र गान” बजाईन्छ ? कसैले तपाईं भनोस नभनोस् आफै मपाई (ठालु पल्टने) ?

कुमार शाहः गौ हत्या जस्तो जघन्य अपराध कसले र किन गर्यो यसको छानबिन यो क्रिश्चियन सरकारले गर्ला जस्तो लाग्दैन । किनकी बुद्धको मुर्ती भत्काउँदा ठट्टा र मज्जामा उडायो । यसको लागि सम्पूर्ण हिन्दु अग्रसर हुनु पर्दछ । रह्यो कुरो आराध्य देवको मन्दिरमा आरतीपूर्व रा…गान को यो त अपरिपक्व, नसुहाउँदो र मैले जे बोले पनि हुन्छ कि हुँदैन भनी टेस्ट गरेको हो । मतलब कम्युनिष्टको घमण्ड ।

गंगा गौतमः क्रिश्चियनका नेता अब कहाँ हिन्दू धर्म मान्छन् र ? जय मसी मान्छन्, यस्तै हो ।
प्रवीण टण्डनः धर्म भनेको एउटा राष्ट्र मात्रको होइन होला, राष्ट्रिय गीत र आरतीको के सम्बन्ध छ ? खोक्रो राष्ट्रियता देखाएको जस्तो छ ।

चन्द्रसूर्य वाणी दैनिकको फेसबुक पेजमा अझै पनि पाठकवर्गको प्रतिकृया आउने क्रम जारी छ । केही अपशब्दसतिका प्रतिकृयालाई हामीले प्रतिकृयाबक्सबाट हटाएका छौं भने स्थान अभावका कारण सबैको प्रतिकृया पत्रिकामा प्रकाशन गर्न नभ्याएको हुँदा इच्छुक पाठक महानुभावले चन्द्रसूर्य वाणीको फेसबुक पेजमा गई हेर्न सक्नु हुनेछ । हाम्रो फेसबुक पेजको लिंक https://www.facebook.com/chandrasuryawani/

फेसबुक पोष्टमा आएका प्रतिकृयाहरु ।

 

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -