२०८३ बैशाख ४ गते, शुक्रबार ०८:०८

कानुन मरेको देश

– स्वर्ण बिक्रम शाह
पहिले पहिले भन्ने गरिन्थ्यो कि नेपालक‍ो बिकाशको बाधक, शान्तिको बाधक र न्यायको बाधक राजतन्त्र हो । यो देश राजाले नचलाएर नेताले चलाउने हो भने नेपाल सिंगापुर बन्छ, स्वृजरल्याड बन्छ, देशमा कानुनको राज हुन्छ र जनताहरुले तुरुन्त न्याय पाउछन् , सारा जनताहरुको हकहितको सुरक्षा हुन्छ । राजतन्त्रले गर्दा नै नेपालको यो हबिगत भएको हो, नेपालीहरुले दुख पाएका हुन् । सब्बै दोष २४० बर्ष देखि यो देशको रक्षा गरिरहेको राजतन्त्र र राजामा थोपरियो । पछि राजाले पनि ठिकै छ यदि मैले राजगद्धि छोडिदिए देश र जनताको हित हुन्छ, नयाँ ब्यबस्था आए देशले कोल्टे फेर्छ, जनताले कानुनको राज्य पाउछन्, जनताले सुख पाउँछन् भने म किन राजगध्दिमा बस्ने भनेर जनताको नासो जनतालाई सुम्पिदिए । तर यत्रो बर्ष बित्दा पनि खै त जनताको हकहितको सुरक्षा भएको, देशमा शान्ति अाएको, देशले कोल्टे फेरेको ? यहाँँ त उल्टै देश त उत्तानो परि रहेको छ, जनताले न्याय पाउनु कता हो कता सारा निमुखा जनताहरु अन्यायको दलदलमा फसिरहेका छन् । आज देशमा न त कानुन छ, न त शान्ति छ, न त जनताहरुको ज्यानधनको सुरक्षा छ । सक्नेले जे गरे पनि भयो, सम्बिधान र कानुन गरिब निमुखा जनतामा मात्र सिमित भएको छ, गरिब र असाहेहरुले बोल्न समेत नपाउने भयको छ । शक्तिमा रहेका र धनिबर्गहरुले त खुट्टा मुनि कुल्चिएर राखेका छन् कानुन र न्यायलाई ।
जनताहरु दिनदिनै भुसिया कुकुर मरे झै मरिरहेका छन भने सारा सुरक्षा चाहिँ यहि नेताहरु र उनका नातेदार र अासेपासेक‍ो सुरक्षामा ब्यस्त छन् । यो सुन्दा नराम्रो लाग्छ तर तितो सत्य यहि हो । जनताहरुको वाक स्वतन्त्रता खोसिएको छ, सारा गरिब जनताहरु राज्यको क्रुतामा बाच्न बाध्य छन् । जनताहरुलाई करको महा भारीले थिचेर हाम्रा नेता, सभासद, मन्त्रि र प्रधानमन्त्रि लगायत सम्पूर्ण उच्च तहका कर्मचारीहरु मोजमस्तिमा रमाईरहेका छन । जनताहरुलाई पिउने पानी छैन हाम्रा प्रधानमन्त्रि ज्यु एक लिटरको १७ सय पर्ने पानी पिउछन, जनताहरु आधा पेट खाएर बाच्न बाध्य छन् तर हाम्रा देशका ठुलाठालुहरु एऊटा साधारण मिटिङ्गको लागि  पाँचतारे होटल र ठुलाठुला रेसर्टहरुमा धाउदै मस्त छन, जनताहरु बिरामी हुदा जाबो एऊटा सिटामोल खान नपाएर मर्न बाध्य छन भने हाम्रा नेताद्वय भने देशको अरबौ तिरेर बिदेश गई उपचार गराउछन् । यसरी जनताहरुले अाफ्नो रगत पसिना एक गरि तिरेको ट्याक्सको रकम यस्तरी अाफ्नो स्वार्थमा खर्च गर्दा यिनिहरुको नैतिकता कहाँ गयो, यिनिहरुको जनता प्रतिको जिम्मेवारी र दाईत्व कता गयो ? यी सब देख्दा यो भन्न गार्हो छैन कि यिनिहरुले अाफुलाई र देशलाई पनि बिदेशीको हातमा बेचिसकेका छन्, यिनीहरु बिदेशीका गुलाम भईसकेका छन् ।
हिजो एऊटा राजालाई फालियो तर आज त्यस्ता हजारौ राजाहरु जन्मेका छन् । लोकतन्त्र आए पछि देशले काचुलि फेर्छ, देशमा चौतर्फि बिकाश हुन्छ भन्थे तर जनताहरुले देशको बिकाश त के अाफै नर्कमा परेको अनुभूति गरिरहेका छन् । बिकाश देखियो त केवल हाम्रा मान्यवर नेता ज्युहरु र ऊहाँहरुका आसेपासे नातादारहरुको , जो हिजो जंगल र गाऊबाट प्वाल परेको चप्पल र च्यातिएको लुगा लगाएर काठमाण्डौ छिरेका थिए तर अाज रातारात अरबौ पति भएका छन् ।
झोपडिबाट अाएकाहरु अाज सानदार महलमा बस्छन, करडौ पर्ने गाडि चड्छन । यसरी रातारात अरबौपति भएकाहरुले कसरी यति अथाह सम्पति कमाए? यस बिषयमा न त हाम्रो देशको सरकारले देख्छ न त नेपालको कानुनले । अझ तिनै नेताहरुका भरौटेहरु भन्छन दुखि गरिबहरुका एक मात्र सहारा पत्रकार रबि लामिछानेको सम्पति सुद्दिकरण गर्न पर्छ रे ? यदि सम्पति सुध्दिकरण गर्ने हो भने २०४६ साल देखि यताको नेताहरुको सम्पति सुध्दिकरण गरेर देखावस् न यो दुईतिहाई सरकारले । के छ हिम्मत यो सरकार संग ?
भनिन्छ जुन समाजमा कानुन मर्छ त्यो समाजमा जंगली राज हुन्छ । आज त्यहि जंगलीराज हाम्रो देशमा चलिरहेको हामी सबैले देखिरहेका छौ, भोगि रहेका छौ । यहाँ त्यत्रा त्यत्रा भ्रष्टाचारहरु भए त्यसको कुनै सुनुवाई भएन । वाईड बडि काण्ड, फोर जि काण्ड, बालुवाटार काण्ड, निर्मला हत्या काण्ड, ३३ किलो सुन काण्ड, प्रहरीले समातेको सुन सम्बन्धित निकाय सम्म पुग्दा सुन तामा हुने काण्ड अादि ईत्यादि । यस्ता संयौ काण्डहरु यो गणतन्त्रिय सरकारले पचाए । एऊटा अबोध बालिकाको बलत्कार हुन्छ र ऊसको हत्या गरिन्छ, तर यो केस पत्ता लगाउनु त कता हो कता ऊल्टै पूरा सरकार मिलेर केस दबाउनमा लाग्छ र गणतन्त्रिय लोकतान्त्रिक सरकारका जिम्मेवार गृहमन्त्रि के भन्नू हुन्छ ” यस्ता सानातिना घटनाहरु त हुँदै गर्छ ।” यो कस्तो गैरजिम्मेवारीपुर्ण अभिब्यक्ति हो गृहमन्त्रि ज्युको ? त्यो बलत्कृत अबोध बालिकाको ठाउँमा यदि गृहमन्त्रिको अाफ्नै चेलिबेटी परेको भए पनि गृहमन्त्रि महोदयको यहि बक्तब्य हुन्थ्यो ?
२०४६ साल पछि जब नेताहरुको हातमा देशको बागडोर गयो देशको बिकाश हुनु त कहाँ हो कहाँ उल्टो देशको संरचना र सम्पति ध्वस्त हुन थाल्यो । यति मात्र कहाँ हो र हाम्रा कथित राजनेताहरुद्वारा त देशलाई टुक्रा टुक्रा पारेर बेच्न थाले, देशको खोलानाला यिनकै बाबुको बिर्ता जस्तो धमाधम मनलाग्दि रुपले बेचेको जगजायर नै छ । यति हुदा पनि हाम्रा नेताहरुलाई सजाय भएको छैन तर जाबो त्यो फुटपार्कमा चना चट्पटे बेच्ने , नाङ्गलोमा सानातिना सामान बेच्नेलाई चाहि नगर
प्रहरीद्वारा सजाय दिईन्छ, जरिवाना तिराईन्छ । यो कस्तो शासन हो ? यो कस्तो कानुन हो ? कस्तो न्याय हो ? सानातिनालाई सजाय र ठुलाठालुलाई सलाम, के यहि हो लोकतन्त्र ?
अझ अाजभोलिको समय हेर्ने हो भने त देशमा अति भयाभव स्थिति छाएको छ । साधारण जनताहरु ढुक्क भएर त घरमा समेत बस्न नसक्ने भएका छन् ।  अाफु सुरक्षित हुन त ठुलाबडा ले जे गर्यो त्यसको समर्थन गर्नु पर्ने चाहे त्यो अन्याय वा अपराध अथवा कानुनको बिपरित नै किन नहोस । जसले सरकारमा रहेकाहरुको अत्याचार र अपराधको गुनगान गाउछ उ देशभक्त, सज्जन र जसले बिरोध गर्छ उ अपराधी देशद्रोही । उदाहरणकोलागि अहिले हामी रबि लामिछाने लाई लिन सक्छौ । देशको कानुनले दिन नसकेको सुरक्षा र न्याय रबिले कलमको भरमा दिनदुखि र असायहरुलाई न्यय र सुरक्षा दिदा आज पुरै लोकतन्त्र सरकार नै उसक‍ो बिपक्षमा लागेका हामी सामु नै छ । के लोकतन्त्रमा यस्तै हुन्छ ? के यहि हो लोकतन्त्र सरकारको न्याय ? यसको जबाफ आज सारा नेपालीहरु यो लोकतान्त्रिक सरकार सँग मागिरहेका छन्, देशको प्रधानमन्त्री र सम्पूर्ण जिम्मेवार नेताहरु सगँ मागिरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM