Saturday, January 11, 2025
घरक्राइम चेकबुहारी हत्या अभियोगी ससुराको जेलमै ज्यान गयो

बुहारी हत्या अभियोगी ससुराको जेलमै ज्यान गयो

धनुषा – बुहारीको हत्या आरोपमा महोत्तरीको जलेश्वर कारागारमा रहेका एक थुनुवाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२ किशोरीनगर घर भई बुहारी हत्या अभियोगमा झण्डै २ वर्षदेखि कारागारमा रहेका ६७ वर्षीय देवनारायण ठाकुरको बुधबार बिहान उच्च रक्तचापबाट ज्यान गएकोे हो ।

बुधबार बिहान अचानक रक्तचाप बढेपछि उनलाई उपचारका लागि जलेश्वरको शान्ति सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो ।  उपचारकै क्रममा उनको मृत्यु भएको निमित जेलर मकसुदन महासेठले जानकारी दिनुभयो । उनको शव परिवारजनलाई बुझाउने तयारी भइरहेको उहाँको भनाइ छ ।

जलेश्वर कारागारका निमित्त जेलर मकसुदन महासेठका अनुसार ठाकुर २०७४ साल पुस ९ गतेदेखि जलेश्वर कारागारमा पूर्पक्षका लागि थुनामा रहेका थिए ।

ठाकुरलाई कान्छा छोरा आनन्दमोहन शर्माकी श्रीमती २२ वर्षीया रञ्जना शर्माको हत्या अभियोगमा धनुषा जिल्ला अदालतको आदेशमा पूर्पक्षका लागि जलेश्वर कारागारमा थुनुवा थिए ।

रञ्जनाको विवाहको एक वर्ष मात्रै भएको थियो । जनकपुरको कृष्णा नसिङ कलेजमा अध्ययनरत रञ्जनाको २०७४ मंसिर ८ गते राति आफ्नै घरमा हत्या भएको अवस्थामा मंसिर ९ गते बिहान प्रहरीले शव बरामद भएको थियो ।

हत्यापछि सिरहा नगरपालिका–१८ लक्ष्मीनिया बस्ने मृतक रञ्जनाकी आमा प्रभा देवी शर्माले उनका ससुरा देवनारायण ठाकुर, श्रीमान आनन्दमोहन शर्मा, जेठान अरबिन्द कुमार शर्मा र उनकी श्रीमती रिंकु शर्मा र सासू सुमित्रा शर्माविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दर्ता गराउनु भएको थियो ।  तर ससुरा ठाकुरले घटनाको सम्पूर्ण जिम्मा आफूले मात्र लिएपछि उनको घरका अन्य सदस्यहरु कारबाहीबाट उम्केका छन् ।

दाइजाको कारण श्रीमान र घरपरिवारसँग सम्बन्ध चिसिएकाले उनको हत्या भएको छिमेकीको आरोप छ । हत्यापछि छिमेकहरु घरपरिवारले नै मिलेर रञ्जनाको हत्या गरेको भन्दै कारबाहीको माग गर्दै लामोसमयसम्म आन्दोलित भएका थिए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -