२०६२/६३ सालको आन्दोलनको मौका छोपेर केही आतंककारी जंगली जत्थाले पृथ्वी चोक पोखरामा रहेको राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहको शालिक बर्बर तरिकाले ढलाइएको थियो।
राष्ट्रनिर्माताको शालिक भत्काएर सो ठाउँमा पूर्वाग्रहरी ढंगले लखन थापा को सालिक राखियो ।
पोखरालाई स्मार्ट सिटी बनाउने भन्दै पोखराको चोक चक्लाउने नाममा लखन थापा, सहिद योगेन्द्र शेरचन, राष्ट्रिय विभूति अमर सिंह थापाको सालिक पनि भत्काइयो । पृथ्वीनारायण सालिक पुनर्स्थापना संघर्स समिति निर्माण गरि आन्दोलन चर्काइयो।
त्यो आन्दोलनले पोखराको चोकमा रहेका सबै सालिक सहिद पार्क निर्माण गरि स्थान्तरण गर्ने, पृथ्वीनारायणको शालिक बनाउन पर्ने र सबै चोक असार मसान्तसम्म खाली गर्ने गरि सम्झौता भएको थियो ।
तर पृथ्वी चोकमा नगर कोष खर्चेर लखनथापाको सालिक स्थापना गर्नु आपत्ति जनक छ । पटकपटक मेयरलाई भेट्दा पार्क निर्माण पछि सबै सारिने छ भन्ने वाक्यांस को पालना गरिदिनुहुन अनुरोध गर्दछौ ।
कतिपयले पृथ्वीनारायण को सालिक भत्के देखि चुइक्क नबोल्ने र हामीले गरेको संघर्स मा उपलब्धि गरेनौ यो भएन त्यो भएन भनेर चर्को आलोचना गरेको सुन्दा त्यस्ता ब्यक्ति आलोचना को लागि मात्र जन्मेका हुन कि जस्तो लाग्छ । अब सबैजुटौ र आबाज बुलन्द पारौ सम्झौतालाई कार्यान्वय गराउन। -शंकर खराल