– स्वागत नेपाल, अधिवक्ता
गाउँगाउँमा सिंहदरबार होइन, विदेशमै सिंहदरबार : हेनरी किसिञ्जर, म्याडलिन अल्ब्राइटहरु किन राष्ट्रप्रमुख सरकार प्रमुख हुन पाएका थिएनन् के पी ओलीले बुझ्नुपर्छ ! …..
दुई दुई विषयमा पिएचडी, दुई दुई पटक उपप्रधानमन्त्री सरह, उपराष्ट्रपति सरह विदेश मन्त्री सचिव भएर पनि हेनरी किसिञ्जर म्याडलिन अल्ब्राइटजस्ता संसारका धेरै व्यक्तिहरु आफ्नो देशभित्र जन्मिन नपाएकै कारण राष्ट्रप्रमुख सरकारप्रमुख हुन पाएनन् ।
अमेरिकीहरु अझै पनि राजदूत बनेर अर्को देशमा जाँदा पनि पछि आफ्नो सन्तान राष्ट्रपति बन्ने अवसर पाउँदा विदेशी भूमिमा जन्मिएकै कारण राष्ट्रपति हुन नपाउने भएकोले आफ्नै देशमा सन्तान जन्माउन पुग्छन् (अहिले चाहिँ विदेशमा भए पनि दूतावासभित्रै जन्मेकोलाई चाहिँ प्रश्न उठाउँदैनन्) ।
नेपालमा पनि मैले यो कुरा पहिलो संविधानसभाको निर्वाचनको समयमा पनि जिल्ला जिल्ला पुगेर एजेण्डा उठाएको थिएँ । विदेशमा जन्मिएकाले राष्ट्रप्रमुख सरकार प्रमुख सेना प्रमुख सभामुख प्रधानन्यायाधीस बन्न पाउनु हुन्न भनेर ।
यसको अर्थ विदेशबाट प्रभावित नहोस् भनेर हो । अमेरिकी रक्षा मन्त्रालयको भवनभित्र सामान्य सफा गर्ने काममा अमेरिकाकै भए पनि अन्य स्टेटका व्यक्तिलाई जिम्मेवारी नदिइने चलन छ, भारतीय राष्ट्रपति परिसरमा चराले पनि जासुसी गर्ने भएकोले चरा धपाउने काममा पनि अरु स्टेटका लागि लगाइन्न, त्यस्तो कानुनै नबनाए पनि अघोषित नेपालमा समेत कानुनै नबनाए पनि निश्चित समुदायका व्यक्तिलाई सेनामा खासै भर्ना नलिएजस्तो कानुन नै चाहिँ बनाएर होइन ।
तर, नेपाल बाहिर जन्मिनेलाई राष्ट्रपति प्रधामन्त्री सभामुख, सेना प्रमुख, प्रहरी प्रमुख र प्रधानन्यायाधीस बनाइनु हुन्न भन्ने बारेमा करिव दुई दशकदेखि आवाज उठाउँदै आउँदा आज प्रधानमन्त्रीले नै नेपालको सरकारको औपचारिक बैठक विदेशबाट भिडियो कन्फरेन्सबाट सञ्चालन गरेको देख्दा अवाक छु ।
उहाँलाई छैन यस्ता कन्फ्रेन्स्ड भिडिओ लिंक कति ठाउँ हुँदै नेपाल आईपुग्छ र उता पनि जान्छ अनि कति ठाउँमा रेकर्ड रहन्छ । नेपालको मन्त्रीपरिषदको बैठकका निर्णय नेपालीले नै पनि ४८ घण्टा पछि मात्र पाउने तर यस्ता विषयमा ख्याल नगरिने हो भने देशभित्रै मात्र जन्मिएको व्यक्ति मात्र मुख्य व्यक्ति हुनुपर्छ भन्ने कुराको अर्थ अरु देशहरुले नबुझेर गरेका होलान् ?
हो, सामान्य छलफल गर्न सकिन्छ त्यसरी तर पूरै मन्त्री परिषदको बैठक नै यसरी गर्दा गाउँगाउँमा पुर्याउन लागिएको सिंहदरबार एकैपटक विदेशसम्म पुगेको छ । त्यसैले व्यक्तिगत रुपमा प्रधामन्त्रीको यो निर्णयलाई धिक्कार गर्दछु ।