२०८३ असार १८ गते, बिहीबार २२:३३

संचारमन्त्री बाँस्कोटा चढेको गाडीले मयुर मार्यो

 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित पंक्षी बाहेक अन्य वन क्षेत्रका पंक्षी मारेमा वा घाइते बनाएमा २० हजार देखि ५० हजार तथा ६ महिना देखि १ वर्षसम्म कैद सजाय दुवै व्यवस्था छ ।
….
बास्कोटा चढेको गाडीले बुद्धभूमी १ वसन्तपुर सामुदायिक वन क्षेत्रमा जंगली मयुर किचेको छ । शनिबार विहान १०ः३० बजे मन्त्री सवार गाडीले किच्दा मयुरको मृत्यु भएको हो । मन्त्री बास्कोटा अर्घाखाँचीको शितगंगा नगरपालिका उपप्रमुख चढ्ने लु १ झ ४७६ नम्बरको गाडीमा अर्घाखाँचीतर्फ जाँदै थिए ।
तिब्र गतिमा गुडिरहेको डबल क्याप स्कारपियो भित्र मन्त्री सवार रहेको स्थानीयबासीले बताएका छन् । वसन्तपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पंचम सिंह बोगटीले मयुर चरिरहेको देख्दा देख्दै तिब्र गतिमा आएको गाडीले किचेको बताए ।
‘वन क्षेत्रमा वन्यजन्तु आउने जाने मार्गहरुमा विस्तारै हाक्नुपर्छ । तर गाडीको गति निकै तिब्र थियो’ उनले भने । वन्यजन्तु मार्नेलाई वन ऐन अनुसार कारवाही गर्न स्थानीयले माग गरेका छन् ।
घटना लगत्तै इलाका वन कार्यालय गोरुसिंगेले मयुरको मुचुल्का गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM