Wednesday, November 27, 2024
घरविचारधर्म संस्कृतिवेलायतबासी राणा विश्व हिन्दू महासंघ कब्जा गर्ने रणनीतिमा

वेलायतबासी राणा विश्व हिन्दू महासंघ कब्जा गर्ने रणनीतिमा

राकेश चौरसिया/
काठमाण्डौ, १ भदौ/

विश्व हिन्दू महासंघलाई कब्जा गर्ने रणनीतिसहित बेलायतवासी निक्षे शमशेर जबराको आगमनले यतिखेर विश्व हिन्दू महासंघभित्र ठूलै उथलपुथलको संकत देखिएको छ ।

हिन्दू धर्मको रक्षा एवं विश्व शान्तिकालागि तत्कालीन राजा वीरेन्द्रले स्थापना गरेको विश्व हिन्दू महासंघका अध्यक्ष भरत केशर सिंहको गत वर्ष निधन भएपछि नेतृत्व विहीन रहेको महासंघलाई कब्जा गर्ने रणनीतिक दाउपेचसहित निक्ष शमशेर जबराको आगमन भएको समाचार श्रोतले चन्द्रसूर्यलाई जनाएको छ ।

पूर्व रानीकोमल राज्यलक्ष्मी देवी शाहका भाई पर्ने निक्षे शमशेर शाहीकालीन स्वास्थ्य राज्यमन्त्री हुन् । राजा ज्ञानेन्द्र सत्ताबाट बाहिरिएर देशमा गणतन्त्र स्थापनासँगै उनी बेलायततर्फको वास बस्न थालेका थिए । तर केहीसमय यता राजा, राजसंस्था र हिन्दू अधिराज्य पुनस्र्थापनाप्रतिको लोकप्रियता बढ्दै गएको मौका छोपी विश्व हिन्दू महासंघलाई आफ्नो नियन्त्रणमा लिएर महासंघलाई थप ऊर्जाशील र क्रियाशील बनाउने रणनीति निक्षे शमशेरले लिएको जनाइएको छ ।

गत वर्ष महासंघका अध्यक्ष भरतकेशर सिंहको निधनपश्चात कार्यावाहक अध्यक्ष प्रमोद चौडरिया पनि बिरामी भएर दिल्लीमा छन् । उपाध्यक्ष अर्जुनप्रसाद बास्तोलाले नेपालका राजाका गुरु हुँ भन्दै भारतमा मानिसहरुको बुद्धि भुट्दै महासंघको नाममा अवाञ्छनीय गतिविधि गरेको आरोपमा कारवाहीमा परेका थिए ।

महासंघमा अहिले अकूत सम्पत्ति आर्जनका अभियोग खेपिरहेका चक्रबन्धु अर्याल उपाध्यक्ष छन् । भ्रष्टाचारको तरबार टाउको माथि झुण्डिएका कारण उनी कमजोर उपाध्यक्षका रुपमा चिनिन्छिन् । उनी पूर्वसचिवसमेत हुन् । महासचिवमा अस्मिता भण्डारी छिन् । भण्डारी महासचिव भएदेखि महासंघ झन कमजोर भएको, महासंघ व्यक्तिमा सीमित भएको, जुन उद्देश्यले महासंघको स्थापना भएको थियो त्यस उद्देश्य विपरित महासंघका पदाधिकारीहरूले व्यक्तिगत रुपमा दुरुपयोग गरी आप्mनो दुनो सोझ्याउन तिर लागेको कुराहरू व्यापक रुपमा बाहिर आउन थालेपछि निक्षे शमशेर राणा समूहले कब्जा प्रयास गरेको बुझिएको हो ।

यससम्बन्धमा शमशेरसँग कुराकानी गर्न खोज्दा उनको फोनमा सम्पर्क हुन सकेन ।

यसैबीच चन्द्रसूर्य वाणीले थप बुझ्न खोज्दा महासंघको तीन वटा भाषामा लेखिएको विधान फरक फरक रहेको र विधान अनुसार साधारण वा आजिवन सदस्य महासंघको अध्यक्ष बन्न पाउने अवस्था के कस्तो हो भन्ने स्पष्ट रुपमा उल्लेख नभएका कारण पनि निक्षे शमशेर पक्षधरहरूले महासंघ कब्जाको तयारी गरेका छन् ।

फितलो विधान, निकृष्ट कार्यसमिति पदाधिकारी, साधारण सदस्य समेत नरहेका व्यक्ति उपाध्यक्ष बनी महासंघको उद्देश्य र भावना विपरितका कार्य पछिल्लो एकवर्षदेखि निरन्तर र तीव्र रुपमा हुँदै आएको देखेर चिन्तित वर्गहरू महासंघको नेतृत्व फेरिएपछि हिन्दू र हिन्दूत्वको रक्षामा केही टेवा पुग्ला कि भन्ने आश एवं विश्वास लिई बसेका कारण निक्षे शमशेर राणा समूहको कब्जालाई पनि सामान्य रुपमा लिईदिन आग्राह गरेका छन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -