२०८३ बैशाख १८ गते, शुक्रबार ०४:०८

शालिकराम पुडासैनीको आत्म(?)हत्या(?), रवी लामिछानेको गिरफ्तारी र माफियाको चंगुलमा फसेको नेपाल प्रहरी

शालिकराम पुडासैनीको आत्म(?)हत्या(?), रवी लामिछानेको गिरफ्तारी र माफियाको चंगुलमा फसेको नेपाल प्रहरीः होला त निस्पक्ष छानबिन ?

– शान्तिमान श्रेष्ठ

घटनाको पुरै सिनारियो हेर्दा , घटनाको अनुसन्धान गर्ने तौर तरिका हेर्दा , मृतकको २ ओटा भिडियो हेर्दा रवि लामिछानेलाई नियतवश फसाउने षडयन्त्रमा ठुलै शक्ती लागेको आभास हुन्छ। रवि सँग माफियाहरु यतिसम्म चिढिए होलान र प्रहरी प्रशासनमा माफियाको यतिसम्म पकड होला भन्ने लागेको थिएन। रवि लामिछाने प्रकरणमा मेरो व्यक्तिगत बुझाई ।

– होटल मालिक भन्छन : शालिकराम पुडासैनी खाना खाने समयमा खाना खान नआएपछि उनि बसेको कोठामा पुगे , कोठा बन्द थियो , ढोका ढकढकाउँदा पनि ढोका नखोलेपछी र कुनै आवाज नआएपछी उनले प्रहरीलाई खबर गरे । प्रहरीले ढोका फोडेर कोठाभित्र पसेपछी पुडासैनी झुन्डिएको अवस्थामा मृतक देखिए।

– अर्थात मृतक पुडासैनीलाई पहिलोपटक देख्ने , उनिसँग सम्बन्धित सामाग्रीहरु हात पार्ने व्यक्ती प्रहरिहरु थिए ।

– मृतकको साथमा रहेको मोबाइलमा खिचिएको भिडियो प्रहरीको हातमा परिसकेपछी कसरी बाहिरियो ?

– यसो होइन भने मृतकले आत्महत्या गर्नु अगाडी खिचेको भिडियो अन्य कुनै व्यक्तिलाई बुझाएर ढोका लगाएर आत्महत्या गरेको हुनुपर्छ , तर त्यो व्यक्ति को थियो जसको हातमा मृतकले उक्त भिडियो हस्तान्तरण गरे ?

– आत्महत्या गरेको कोठा र भिडियो खिचिएको कोठाको भित्ताको रंग हेर्दा यि दुई स्थान फरक फरक हुन भन्ने बुझिन्छ अर्थात भिडियो अन्यत्र कहिं खिचियो र पुडासैनी होटलको कोठा भित्र गएर झुन्डिए वा झुन्डाईए। भिडियो खिचिएको स्थान र कोठा कुन थियो ?

– भिडियो खिच्दा पुडासैनी सेतो भेस्टमा छन तर मृतक अवस्थामा सर्टमा छन , आत्महत्या गर्नुअघी कपडा लगाएर चिटिक्क परेर आत्महत्या गरेहोलान यो अपत्यारिलो छ ।

– पुडासैनीले रविको कार्यक्रम छोडिसकेपछी उनलाई सोधिएको प्रश्न सहितको जवाफ भएको अर्को भिडियो वाहिरिएको छ जसमा उनको रवि सँग कुनै दुश्मनी नरहेको मात्र होइन रवि सँग आत्मिय सम्बन्ध रहेको बुझिन्छ।

– पुडासैनी मृतक अवस्थामा फेला परुन्जेल सम्म पनि उनको फेसवुक प्रोफाईलको फोटोमा रवि सँग खिचेको फोटो देखिन्छ, दुश्मनी भएको र आफुलाई बर्बाद गर्ने व्यक्ति सँग खिचिएको फोटो कसैले पनि यसरी पब्लिक डोमेनमा रहने गरि राख्दैन।

– पुडासैनीले सुसाईड गर्नु अगाडि खिचिएको भनिएको भिडियो र अझै त्यस अघि खिचिएको भिडियो बिच कुनै संगती देखिंदैन । निश्चय नै एक्लै खिचिएको भिडियो भन्दा सार्वजनिक प्रशारणको लागी खिचिएको भिडियो आधिकारिक र विश्वसनिय रहन्छ ।

– यस हिसाबले पुडासैनी लाई जबर्जस्ती यातना दिएर लेखेर दिईएको कुरा बोल्न लगाईएको अनुमान लगाउन सकिन्छ।

– चितवन प्रहरीको मातहत यो घटनाको सत्यतथ्य बाहिर निस्कन पूर्णतया असम्भव छ , किनकी उसको शुरुवाती नियतमै खोट छ ।

– व्यापक जनदबाब बिना यो घटनाको सत्यतथ्य बाहिर आउला भन्ने आशा कमसेकम मलाई चाहिं लाग्दैन , धेरैले निराशावादी सोंच पनि भन्लान तर विकृत पृष्ठभुमिको भूमरिमा जेलिएको यो देशको न्याय, कानुन र शाषन प्रणालीको भित्री पाटो बुझ्ने जो कोहि पनि यो घटनाको बारे निष्पक्ष छानबिन हुने कुरामा आशावादी होलान भन्ने मलाई लाग्दैन।

– सबैलाई थाहा छ : यो देशमा प्रहरी अधिकारीको सरुवा बढुवाको निर्णय करोडौं रकमको बोलकबोलमा हुन्छ । न्यायाधीश, राजदूत, अख्तियार प्रमुख, गुप्तचर विभागको अधिकारीको नियुक्ती नेता भक्ती र पैसाको चलखेलको आधारमा हुन्छ। आखिर न्यायाधिस, प्रहरी प्रमुख र अनुसन्धान अधिकारी आफ्नै खल्तिको भक्तहरु किन आवश्यक पर्छ? ईमान्दार र निष्ठावान नेतृत्वको लागी आफ्नो खल्तिको पात्रलाई न्यायाधीश, प्रहरी प्रमुख वा अनुसन्धान अधिकृतको कुर्सीमा विराजमान गराउन आवश्यक पर्दैन तर यहाँ नेतृत्व नै अपराधीक र भ्रष्ट्र पृष्ठभुमिको जगमा उभिएको छ त्यसैले कुनै पनि ईमान्दार अधिकारी, नागरिक वा अन्य तप्काका पात्रहरु यिनको लागी खतरा र दुश्मन साबित हुन्छन ।

-यो देशमा कानुनको राज्य र हरेक संवैधानिक अंगमा देश र जनता प्रती ईमान्दार अधिकारीको नेतृत्व हुने हो भने अहिलेको केन्द्रिय राज्यसत्तामा हालिमुहाली गर्ने कोहि पनि व्यक्ती बच्न सक्दैन, सिंगापुरको जस्तो कठोर कानुन र जनमुखी शाषनसंयत्र हुने हो भने यि सबै फाँसिमा झुन्डिन्छन। व्यक्तिले संसारलाई ढाँटन सक्छ तर आफैंलाई ढाँटन असम्भव छ, यिनले क्रान्ती, परिवर्तन, अग्रगमन, समाजवाद, समानता भनेर लाखौंलाई उल्लू बनाएपनी यिनलाई आफ्नो कमिनापन, अपराध र बदमासी थाहा नहुने कुरा भएन र यिनलाई यो पनि थाहा छ कि संवैधानिक अंगहरुमा देश र जनताप्रती ईमान्दार पात्र हुने हो भने बच्ने कुनै सम्भावना छैन त्यसैले यि कपुतहरु संवैधानिक अंगका पदाधिकारिहरु भागवन्डा गर्छन र पैसामा मोलतोल गरेर बेच्छन। नेताको आदेश अटेर गर्दा रमेश खरेलको नियती भोग्नपर्छ भन्ने वास्तविकता अहिलेका प्रहरी अधिकारिहरुले राम्ररी बुझेका छन ।

– यो घटना प्रसंग बाट मलाई भारतको पूर्ववर्ती यूपिय सरकारको कार्यकालमा घटेको घटना प्रसंग याद आयो। त्यो बेला युपिए सरकार भ्रष्ट्राचार , माफियागिरी , तस्करी र कान्डैकान्डको डंगुरमा चुर्लुम्म डुबेको थियो । भारतको पुरै ईतिहास निकै दुखद , अभिशप्त , रहश्यमय र अचम्मलाग्दो छ। सत्ताधारी काँग्रेस आई माफिया ग्याँगको चंगुलमा फँसेको थियो र अर्को तर्फ पुनर्जागरण र विद्रोहको स्वर पनि बुलन्द हुँदै थियो। स्वतन्त्रता र स्वाधिनताको नाममा उदाएका नेतृत्वपंक्ती जो कि खासमा ब्रीटिसका बफादार कारिन्दा थिए , यि छद्मभेषी बेलायती एजेन्टहरुले भारतिय सत्ता राजनिती कब्जा गरेर वास्तविक देशभक्तहरुको राजनैतिक रुपले वा भौतिक रुपले सफाया नै गर्ने शिलशिला १९४७ देखी नै चलेको थियो र यसैक्रममा बल्लभ भाइ पटेलको राजनैतिक सफाया गरियो र श्यामा प्रसाद मुखर्जी लगाएतको भौतिक सफाया गरियो।

सन २००९ सम्म आईपुग्दा सम्म भूमाफिया , तस्कर र बहुराष्ट्रिय कम्पनिहरुले सत्ताधारिको आडमा शोषण र लूटलाई अचाक्ली बनाएका थिए र सरकारका मन्त्रीहरु माफियाका ज्यालादारी कारिन्दा जस्ता देखिन्थे। यहि समयमा तिक्ततापूर्ण र रहस्यमय ईतिहासको बास्तविकता उजागर गर्दै विद्रोहको स्वर निकाल्ने २ पात्र निस्किए , चर्चित दार्शनिक तथा विचारक राजीव दिक्षित र योग गुरु स्वामी रामदेव । यी दुई पात्रको देशव्यापी अभियानले माफिया तथा तस्करहरुको स्वार्थमा ठूलो धक्का पुग्यो , बहुराष्ट्रिय कम्पनीहरु डुब्ने अवस्थामा पुग्यो। तब भ्रष्ट्र शाषकहरु र माफियाहरुले राजिव दिक्षित र स्वामी रामदेव दुबैलाई एकसाथ सिध्याउने षडयन्त्र रचे । माफियाहरुले राजीव दिक्षितलाई झुक्याएर विष खुबाए, सरकारमा बसेका आफ्ना गोठालाहरुमार्फत राजिवको हत्याको दोष रामदेव माथी थोपरेर उनलाई आजिवन जेलमा सडाउने जाल रचियो । त्यो बेलासम्म भारतभर रामदेवको करोडौं भक्तहरु तथा समर्थकहरु तयार भैसकेकोले रामदेवलाई फँसाउने षड्यन्त्र सफल भएन । तर पछि रामलिला मैदानमा आधारातमा हमला गरि रामदेवको ज्यान लिने प्रयास गरियो, समर्थकहरुले रामदेवलाई स्त्रीको पोसाक लगाएर त्यहाँ भगाएर बचाए।

भ्रष्ट्र तथा माफियाहरु भ्रष्ट्राचार र माफियागिरी बिरुद्ध उभिनेहरुलाई सिध्याउन कुन हद सम्मको तल्लो स्तरमा ओर्लन सक्छन भन्ने उदाहरण हो यो । भारतको काँग्रेस आई ले माफियाहरुको भरिया बनेर देशभक्तहरुलाई भौतिक वा राजनैतिक रुपले नै सिध्याउने कुचक्र चलाएको थियो जसको फल अहिले भोगेको छ।

– शालिकराम पुडासैनीको दुबै भिडियो हेर्दा एउटा भिडियो उनलाई यातना दिएर खिचिएको र अर्को भिडियोमा उनले स्वेच्छाले आफ्नो अभिव्यक्ती दिएको देखिन्छ। जस अनुसार उनको रवि लामिछाने सँग कुनै मनमुटाव नरहेको बरु आत्मिय सम्बन्ध रहेको झल्किन्छ। माफियाहरुको लागी रवि लामिछाने मात्र होइन पुडासैनी पनि चुनौती देखिन्छ यसैले दुबैलाई सिध्याउन एउटाको हत्या गरेर अर्कोलाई फँसाउने सुनियोजित जाल रचेको आभाष हुन्छ।

– न्यायाधिस , प्रहरी अधिकृतहरु, अनुसन्धान अधिकारिहरु , अख्तियार अधिकारिहरु पैसाको प्रभावमा आफ्नो खल्ती को मान्छे नियुक्त गरिसकेपछि भ्रष्ट्र माफियाहरु हामिले चाह्यौं भने जो सुकैलाई फँसाउन र अपराध बाट जोगाउन सक्छौं भन्ने कुरामा निर्धक्क रहेको तथ्य पुडासैनी – रवि लामिछाने संग सम्बन्धित यो प्रसंग र निर्मला पन्तको बलात्कार र हत्या प्रसंगले स्पष्ट हुन्छ।

– बुढी मरेको भन्दा पनि काल पल्केको कुरामा आम नेपालिहरु सचेत रहनुपर्ने अवस्था देखियो । यो देशमा प्रचन्ड वा अन्य नेताको कारण बर्बाद भएँ भन्ने नागरिकहरु खोज्दै जाने हो भने लाखौं भेटिन्छन , विदेश बाट दैनिक लासहरु भित्रन्छ , अहिलेपनि हजारौं नागरिकहरु अपांग छन यो सब कसको कारणले हो ?

– निर्मला हत्या प्रकणमा कहिले पागललाई त कहिले कसलाई पक्रने बहुलठ्ठीपूर्ण क्रीयाकलाप गरेर वास्तविक अपराधी जोगाउन प्रहरी संग्लग्न भएको थियो । यो घटनामा पनि अनुसन्धानको शुरुवात जसको हातमा मृतकको भिडियो पर्यो त्यहाँ बाट सुरु गर्नुपर्ने हो, मृतक आफैंले त्यो भिडियो दिए वा दोस्रो व्यक्ती मार्फत दिए वा पुलिस आफैंले दिए यो सार्वजनिक हुनुपर्छ।

 

(श्रेष्ठको फेसबुकबाट साभार)

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM