- क्राइम चेक साप्ताहिकमा २०७६ साउन १२ गते प्रकाशित
- स्वयम्भुनाथ कार्की
अकबर वीरवलको कुनै न कुनै कथा नसुन्ने कोही नहोला । उनीहरुका हजारौं कथा किस्सा छन । यो किस्सा धेरैको निमित्त नयाँ पनि हुन सक्छ । त्यस्तै कढी भनिने व्यञ्जन पनि आजकल कम नै प्रयोग हुन्छ । यसमा दाल र दही प्रमुख हुन्छन्, त्यस पछिका नुन मसलाहरु त छदैछन् । यो कढी बादशाह अकबरलाई साह्रै मन नपर्ने व्यञ्जन थियो ।
किस्सा शुरु हुन्छ कुनै दिन वीरवल आफन्तको पारिवारिक समारोहमा गएका थिए । त्यस क्रममा तीन चार दिन अकबर र वीरवलको भेट भएको थिएन । समारोहबाट फर्केपछि वीरवल बादशाहको दर्शनको निमित्त दरवार गए । अकबर दरवार भित्रैको बगैचामा थिए । यो बगैचा उनको फुर्सदको समय विताउने प्यारो स्थान थियो । त्यहाँ वीरवललाई पनि जुनसुकै वेला जान पाउने अधिकार दिएका थिए । त्यसैले वीरवल सरासर बगैचामा गए । बादशाहलाई अभिवादन गरे अनि शुरु भयो प्रख्यात अबवर वीरवल गफगाफ ।
स्वभाविक नै थियो गफको विषय त्यो समारोह नै भयो । त्यसको वारेमा कुरा हुँदै गयो, सजावटको, पाहुनाहरुको, औपचारिकताको । अव कुरा आयो भोजनको । अकबरले सोधे भोजनमा के के थियो । वीरवल एक व्यञ्जनको नाम लिन्थे त्यसपछि अकबर “वीरवल अरु ?” भनेर सोध्थे । यो क्रम चलि नै रहेको थियो अकबरलाई कुनै कामको सुचना दिन सैनिक आयो । कुराकानी अधुरै रह्यो, अकबर दरबार गए वीरवल घर । दुवै राजकाजको काममा व्यस्त भए । भेटभए पनि कामको नै व्यस्तता रह्यो । हप्तादिन पछि जस्तो अकबरले आफुहरु बीचको त्यो अधुरो गफगाफ सम्झे । वीरवलले कत्तिको सम्झेको रहेछ भनेर त्यही लयमा अचानक सोधे “वीरवल अरु ?” । वीरवल त प्रत्युन्नमति थिए तुरन्त उत्तर दिए “सरकार कढी” ।
अकबर वीरवलको यो योग्यता देखेर प्रसन्न भए, आप्mनो गलामा रहेको मोतीको माला झिकेर वीरवललाई लगाईदिए । कुरा शुरु भएको थियो अकबर र वीरवलको एकान्त वार्तालापबाट । तर यो घटना भयो दरवारमा जहाँ सबै पदधारक र तात्कालिन कार्यसुचीसंग सम्वन्धित जनता पनि थिए । उनीहरुले बादशाहले सोधेको अनि वीरवलले कढी भन्ने वित्तिकै मोतीमाला लगाई दिएको देखे । सोचे जुन कढीको नाम मात्र लिंदा पनि बादशाह यति प्रसन्न हुन्छन भने त्यो कढी नै बादशाहलाई पेश गर्दा झन कति खुशी होलान ? भोली बादशाहलाई कढी भेट गरेर पुरष्कार पाउने लोभ सबैमा जाग्यो । भोलीपल्ट सबै पदधारकले उत्तम कढी बनाएर अआप्mना सेवकलाई बोकाएर दरवार पुगे ।
अकबरले सदा भन्दा अनौठो चाल देखेर सोधे “यो के हो ?” । उनीहरुले भने “कढी हो सरकार, हजुरका निमित्त ” । अकबर कुनै प्रसंग वेगर यसरी कढी लिएर आएकोमा क्रोधित भए । एक त प्रसंग नै केही छैन त्यसमाथि आफुलाई मन नपर्ने कुरा । सबैलाई कैद गर्ने आदेश दिए । वीरवलले देखे यसरी सबैलाई कैद गरे त वित्यास पर्छ । त्यसैले आप्mनो युक्ति बुद्धि लगाएर हिजोको प्रसंग सम्झे अनि सबै पदधारक कढी शव्दले पुरष्कार आफुलाई पुरष्कृत गर्दा बादशाहलाई त्यो मन पर्ने भनेर भ्रममा परेको जाहेर गरे । यसरी वीरवलले पदधारकहरुको उद्धार गरे ।
अव आउछ यो कथाको यहाँ के प्रासंगिकता ? सानोसानो कुराको आधारमा धारणा बनाउने, अझ काम नै गर्ने उपबुज्रुक भएका छौ हामी नेपाली । बिषय प्रसंग केही चाहिन्न एक शव्दले एक वाक्यले सबै निर्धारण गर्छौ नेपालीहरु । सडकमा उफ्रने बित्तिकै परिवर्तन भएको देख्नु र त्यसैको सिको गर्नुपर्छ भन्ने सोचले ग्रस्त छौ । कुनैपनि राजाको अगाडी पूर्व लागेको वा नलागेको विषयमा लामो बहस हुन्छ । त्यसको तात्विक अर्थ के हुन्छ ? के यो कुरा त्यति ठूलो वहसको विषय हो ? यो सोच्न आवश्यक नै छैन जस्तो लाग्छ । यस्तोमा राजाले फर्कन नै चाहे भने पनि के होला ? राजाले शुरुदेखि अहिलेसम्म हामी सबैको साथ भनेका छन् । यसमा के गणतन्त्रलाई गाली गर्नुमात्र राजा चहानेको काम हो ? राजा चाहानेले जनताको काम गर्ने योग्यता देखाउनु पर्दैन ? अकबर र कढीको सम्बन्ध बुभ्mनु नै पर्छ ।
विराटनगर १
क्राइम चेक साप्ताहिकमा २०७६ साउन १२ गते प्रकाशित