प्रवेश कुमार मिश्र/
राजदेवी, रौतहट/
रौतहटको राजदेवी नगरपालिका वडा नं. ५ हजमिनियाँका वडाध्यक्ष पंकज सिंहले आफ्नो वडालाई हरित वडाको रुपमा विकसित गर्ने उद्देश्य तथा आँप एवं लिचीमा आत्मनिर्भरताको लक्ष्य लिई वडामा आँप र लिचीको विरुवा वितरण गरेका छन् ।
कृषि ज्ञान केन्द्र रौतहटबाट आँप र लिचीको गरी करिब २७५ बोटलाई राजदेवी नगरपालिकाको सहकार्यमा वडा नं. ५ का किसानहरूको स्तरोन्नतिकालागि सो विरुवा प्रदान गरी वृक्षरोपण गर्न लगाइएको वडाध्यक्ष पंकज सिंहले जानकारी गराउनु भयो ।
विकसित जातका ती लिची र आँपका बोटहरूमा निकै कम समयमा नै फल लाग्ने हुँदा स्थानीय किसानहरू आँप र लिचीमा आत्मनिर्भर हुने वडाध्यक्ष सिंहले विश्वास व्यक्त गर्नुभयो ।